२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड गाउँपालिका ३ सिसाखानीमा खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न

२०७६, २३ भाद्र सोमबार ०२:३३

हेम विश्वकर्मा | भदौ २३, बाग्लुङ | बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानीमा खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न भएको छ । 

वडिगाड गाउँपालिका ३ नं वडा कार्यलयको आयोजना , नेपाल स्वास्थ्यका लागि खानेपानी कार्यक्रम नेवाको सहजीकरणमा धाराखोला खानेपानी योजना साल्फेद र योजना चम्लाफेद अन्तर्गतको खानेपानी निर्माणकार्यको आम भेला सम्पन्न भएको हो । 

उक्त भेलाले भक्त बहादुर घर्ती को अध्यक्षतामा खानेपानी निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा झममाया काउचा, सचिवमा छविलाल भुजेल, सह सचिवमा नन्दु पुन, कोषाध्यक्षमा छममायाँ पुन साथै सदस्यहरुमा चन्द्रा विक, कासिराम काउचा, तेज बहादुरं पुन, कौसिला पुन, चन्द्र बहादुर पुन गोपिराम काउचा लगायत रहनु भएको छ ।

आयोजनाको कार्य सञ्चालनको लागि आज योजना चम्लाफेद खण्डको सर्भे गर्ने कार्य अगाडि बढिरहेको वडा कार्यलयले जनाएको छ । भोली योजना साल्फेद खण्डको सर्भे गर्ने काम हुने बताइएको छ । उक्त खानेपानी योजना सफल भएसँगै साविक वडा नं ४, ५ र ६ का करिब १ सय ५ घरधुरी लाभाम्बित हुने वडा सदस्य चुडा बहादुर पुनले जानकारी दिनुभयो  । 

बैठकले प्रत्येक घरधुरीको क,ख,ग बर्ग हुनेगरी सम्पन्नता बर्गिकरण समेत गरेको छ । जसले संञ्चालित कार्यक्रम तथा योजनाको लागि दायित्व संकलनको समेत निर्धारण गरि अगाडि बढ्ने योजना रहेको पुनको भनाइ छ । 

उक्त योजनाको साविक ७, ८ र ९ मा पनि सर्भे भैसकेको छ । यसका साथै साविक १, २ र ३ नम्बर वडामा समेत छिट्टै छलफल गरी अगाडि बढ्ने तयारी भैरहेको वडा सदस्य पुनले जानकारी दिनुभयो । कार्यक्रम वडा अध्यक्ष खड्क पुनको अध्यक्षता, वडा सदस्य पार्वती काउचाको स्वागत मन्तव्य नेवा संस्था का कृष्ण काफ्ले को सहजिकरण साथै समीर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी