Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

२०७६, २४ भाद्र मंगलवार ०१:४९

भदौ २४,काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए ।

यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं

–ज्वरो आउने

–आँखाको गेडी दुख्ने

–शरीरमा डाबर आउने

–बेस्सरी टाउको दुख्ने

–अरुचि हुने

–पेट तथा आन्द्रामा गडबडी हुने

–जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने

बच्ने उपाय

–लामखुट्टेको टोकाइबाट जोगिनु

–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने

– पूरा शरीर ढाकिने गरी कपडा लगाउने

–राति र दिउँसो पनि झुलभित्र सुत्ने

कसरी सर्छ ?

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ