२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा दुई महिना देखी बन्द सडक ब्यापारीले खुलाए

२४ भाद्र २०७६, मंगलवार ०८:३९

दान बहादुर बुढा | भाद्र २४, मुगु | अबिरल बर्षाको कारण कर्णाली राजमार्ग अन्तरगर्त जुम्ला र मुगुको सिमाना घुच्चीलेख सात मोड पिना पिना,झ्यारि,टोल्ला, ताल्चा,मैथु,तलितुम लगाएत दर्जनै स्थानमा आएको पहिरोले दुई महिना देखि बन्द सडक ३ दिनको प्रयासबाट आज  ब्यापारीले सन्चालनमा ल्याएका छन ।


बर्षाले ठाउँ ठाउँमा हिल्लाम्मे भएको र केही ठाउमा सडक भत्केको हुदा नेपालगंज, सुर्खेत,जुम्ला देखी मुगुको सदरमुकाम गमगढी बजार सम्म आउर्ने माल बाहक गाडी,बस, सडकमा फस्र्ने भएको हुदा गाडी बस निकाल्न निकै गारो हुर्ने बस,गाढीका पट्टा भाचिने,टायर पट्कर्ने भएको हुदा दुई महिना बाट घुच्ची पिना देखी गमगढी बजार सम्म सडक खण्ड बन्द भएको हुदा सरोकारवाला निकायहरुको ध्यान नजादा दशै नजिकै आउन लाग्दा गमगढी बजारमा दैनिक उपभोग्य बस्तु सकिदै जादा स्थानिय बासिहरुलाइ समस्या नहोस भन्ने हेतुले मुगु उद्योग बाणिज्य संघको पहलमा आज बन्द सडक सन्चालनमा आएको छ ।

२०६९ साल बाट मुगु जिल्लाको सदरमुकाम गमगढी सम्म राष्टिय सडकमा  सन्जालमा जोडिएको भए पनि राज्यको नजरमा कम परेको हुदा हिउदमा हिँयले २ महिना बन्द हुर्ने बर्खाको समयमा २ महिना बन्द हुर्ने भएकोले मुगालि बासिहरु स्वास्थ्य उपचार लगाएत दैनिक उपभोग्य बस्तु सहजै रुपमा नपाउर्ने स्थानिय सरकार देखी केन्दीय सरकारको नजर यो नाग्म गमगढी सडक खण्डमा कम ध्यान गएको हुदा २ महिना सम्म बन्द सडक आज ब्यापारीहरुको पहलमा सन्चालनमा आएको छ | बन्दमा परेका १ दर्जन माल बाहक गाढीहरु सदरमुकाम गमगढी पुग्एको मुगु उद्योग वाणिज्य संघका आध्क्षय कमल बहादुर बुढाले बताएका छन ।

 

नाग्म देखी गमगढी बजार सम्मको सडक सबै ठाउमा एकै नासको छ । निकै दुख कस्ट गरेर आज सुर्खेत बाट आएको चार दिन भई सकेको छ । गमगढी बजार कहीले पुगीन्छ यसको एकीन थाहा छैन ताल्चा एयरपोट नजिकै निकै ठूलो समस्या छ ।  


केही रोजिरोटीको लागी बिदेश जानु भन्दा नेपालमा केही गरै भन्ने हिसावले ठूलो लगानि मा गाडी निकालियो सडकको हालत यस्तै छ । गाडीको किस्ता तिर्न पनि गारो भएको छ । जता ततै हिलोमा फसिन्छ निकै दुख छ । अन्य जिल्ला भन्दा धेरै पहिला सडक सन्जाल जोडीएको मुगुको सडक यातायात चलाउन निकै गारो छ । स्थानिय सरकार प्रदेश सरकार,केन्द्र सरकार नभएको जस्तो लाग्यो निकै रिक्सी गरेर गाडी सन्चालन गनु परेको गाडी चालन गणेश न्यानैपानेले बताएका छन ।


 नाग्म गमगढी सडक सडक सन्चालनमा आएको १६ बर्ष बितीसक्दा पति बर्षको ४ महिना सडक बन्द हुन्छ  नेपालसरकारको ध्यान नजादा मुगालिलाई निकै समस्या हुदै आई रहेको छ ।  २ महिना भन्दा बढी भयो सडक बन्द भएको हिजो आज गमगढी बजारमा दैनिक उपभोग्य बस्तु,औषधी समेत गमगढी बजारमा अभावहुदै गहिरकेको छ तत्काल नेपाल सरकारले मुगु जिल्लामा सडक डिभिजनको एक सानो यूनिट जिल्ला राखिदिएको  भए सडक बन्द हुदा  चाडो खोल्थीयोकी सानो ईकाई कार्यालय राख्र्नु पर्ने जरुलि देखीएको औषधी ब्यापारि जय बहादुर मल्लले बताएका छन ।

 

घुच्ची देखी गमगढी बजार खण्डको बिभिन्न खण्डमा सडक मर्मत सुधारको लागी वर्षेनि सडक डिभिजन कार्यालय जुम्ला बाट करोडौको रकम आए पनि बालुवामा पानि राखे जस्तो हुन्छ ठ्केदारको र सडक डिभिजन कार्यालय जुम्लाको मिलो मतोमा थोरै काम हुर्ने राज्यको लगानि मा खर्च धेरै देखीदे लगानि अनुसारको काम नदेखीने स्थानिय बासीहरुको भनाई रहेको छ ।


सडक डिभिजन कार्यालय जुम्लाले बन्द सडक खुलाउनको लागी पहल गर्नु पर्नेमा  मुगुका ब्यापारिहरु स्थानिय बासीहरु लाग्नु पर्ने कस्तो दुखको कुरा डिलो चाडो जे भएपनि स्थानिय बासी र ब्यापारिको पहलमा आज बन्द सडक सन्चालनमा आएको छ । दशैको मुखमा मुगुमा दैनिक उपभोग्य बस्तु अभाव नहुने भएको स्थानिय समाज सेबी जित बहादुर मल्लले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य