Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरमा गहना लुट्न वृद्धाको हत्या, ४ जना पक्राउ

२०७६, २६ भाद्र बिहीबार १४:५५

भदौ २६, चितवन । नवलपुरको गैंडाकोटमा एक वृद्धाको हत्या भएको छ । गैंडाकोट नगरपालिका–१५ स्थित मनकामना टोल निवासी ६५ वर्षीया वृद्धा भुमादेवी खत्रीको लुटेरा समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । 

प्रहरीका अनुसार लुटेराहरुले गरगहना लुट्ने क्रममा खत्रीको हत्या गरेका  हुन् । खाना खाएर भाँडा माझ्दै गरेकी भूमालाई पछाडिबाट आएर हत्या गरी गरगहना लुटेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी उनी भान्सा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । खत्रीको टाउको, कान र अनुहारमा चोट लागेको छ । उनको आँखा फुटेको छ । वृद्धा भूमादेवीका तीन छोरा जापान र एक छोरा अष्ट्रेलियामा छन् । उनका चार छोरी छन् ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ खिचापोखरी घर भइ हाल गैंडाकोट–१५ बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँ जिल्ला रिसिङ घर भइ सोही ठाउँ बस्ने ४५ वर्षका बसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराल रहेका छन् । उनीहरुबारे अनुसन्धान अघि बढाइएको गैंडाकोट प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट केही गरगहनासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ