२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

दुर्घटनामा परि तीन जनाको मृत्यु

२७ भाद्र २०७६, शुक्रबार १५:२६

भदौ २७, सप्तरी | सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा आज  तीन जनाको मृत्यु भएको छ । 

सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा  मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१प १७३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार कञ्चनरुप नगरपालिका–११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजवीराज ल्याइएकामा पनि उपचारकै क्रममा मृत्यु भएको दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै  कञ्चनरुप नगरपालिका–७ आदर्शटोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु  समेत भएको छ ।

ना१क ७९८३ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकलयात्री राजविराज–१० दिघवा निवासी २० वर्षीय मनोज रामलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ  ।

ठक्करबाट गम्भीर घाइते रामको दुबै खुट्टा भाच्चिएपछि  उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान