2026-09-13 12:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु

भदौ २७, कंचनपुर | नेपाली सेनाले पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु गरेको छ ।

भीमदत्त नगरपालिकासितको सहकार्यमा आजदेखि नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको आयोजनामा नगरपालिकाका १९ वटै वडाका ३२ जना स्थानीयलाई विपद् व्यवस्थापन तालीम सञ्चालन गरेको छ ।

सहभागीलाई गुल्मले प्रयोगात्मक विधिबाट समेत प्रशिक्षण दिने सेनाले जनाएको छ । उद्घाटनका अवसरमा सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले स्थानीयस्तरमा रहेका स्रोत साधनको प्रयोग गरी विपद् जोखिमबाट बच्न सकुन् भन्ने उद्देश्यले तालीम सञ्चालन गरिएको बताउनुभयो ।

“विपद् आइलाग्दा शुरुमा स्थानीय नै त्यहाँ पुग्छन”, गुल्मपति मल्लले भन्नुभयो, “स्थानीयले विपद्का जोखिमलाई निरुत्साहित गर्न सकुन् भनेर तालीम आयोजना गरिएको हो ।” कञ्चनपुरका नौवटै स्थानीय तहमा उक्त तालीम सञ्चालन गर्ने गुल्मको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

यस प्रकारका तालीमले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त भई समुदायमा आउन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ । सिंहशार्दूल गुल्मले कञ्चनपुरमा स्वास्थ्य शिविर, विभिन्न सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै सामाजिक कार्यमा सक्रिय हुदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले