2026-09-13 12:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

दादुराविरुद्धको खोप लगाउँदा मृत्यु, आठ वर्षपछि ४० लाख राहत

भदौ २७, डोटी | पूर्वीचौकी गाउँपालिका वडा नं ५ (साबिकको काडामाण्डौं गाविस) मा विसं २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका चार बालबालिकाका परिवारले राहत पाएका छन् । खोपमा असावधानीका कारण ती बालबालिकाको मृत्यु भएको थियो । मृत्यु भएको आठ वर्षपछि उनीहरुका परिवारले बल्ल आएर राहत पाएका हुन् ।

खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च्च अदालतले खोप लगाएपछि मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु दश/दश लाख दिन विसं २०७५ असार १४ गते नेपाल सरकारलाई आदेश दिएको थियो । अदालतको आदेशपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गराएको हो ।

मन्त्रालयले मदन भण्डारी फाउण्डेशनका अध्यक्ष लक्ष्मण मलासीमार्फत चार जनाको रु दश लाखका दरले रु ४० लाखको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको हो । प्राप्त रकम बैङ्क खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको  प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो । 

विसं २०६९ मा दादुराविरुद्धको खोप लगाएलगत्तै बालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो । ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको विकका बुवा हरिभक्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै पटक सबैसँग आग्रह ग¥यौँ तर राहत पाउन सकेका थिएनौँ, अहिले पायौँ खुशी छौँ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले