२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा पहिराले १२० घर जोखिममा

२०७६, २७ भाद्र शुक्रबार १७:००

भदौ २७, दोलखा | जिल्लाका अधिकांश स्थानमा अविरल वर्षाका कारण एक सय २० घर जोखिममा छन् । लाखौँ रुपैयाँको  धनमाल नष्ट भएको छ । अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।  

वर्षाका कारण शैलुङ गाउँपालिका–८ एक्ले पाखाका उद्धव कार्कीको कुखुरा फार्म पहिरोमा पुरिएको थियो । पहिरोले फार्ममा रहेका ३२५ कुखुरा र एउटा खसी मरेको थियो । यस्तै भीमेश्वर नगरपालिका–३ मा राजीव तामाङको कुखुरा फार्म पहिरोले पुरिएको थियो भने भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा छ पक्की घरमा समेत पहिरोले क्षति पुर्याएको प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिनुभयो । 

यस्तै भीमेश्वर–३ चरिघ्याङस्थित दुई घर पहिरोले पुरिँदा रु तीन लाखभन्दा बढीको धनमाल नष्ट भएको छ । शैलुङ र मेलुङ गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढ्दै गएको छ । हालसम्म दुबै गाउँपालिकामा एक सय १२ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार शैलुङ–८ का थिङ र गोरख टोल तथा मेलुङ–१ का पवटी, दियाले खर्क टोल, कार्की टोल, बोहोरा टोल र आचार्य टोलमा गरी एक सय १८ परिवार पहिराको जोखिममा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल