२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा बाढीले पुल बगायो, सामान ढुवानी ठप्प

२८ भाद्र २०७६, शनिबार ०३:२८

भदौ २८, सोलुखुम्बु | सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो । 

पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्य आवतजावत सञ्चालन गरेका छन् । तर, खच्चड र घोडाको लागि पूर्णरुपमा आवगमन बन्द भएको स्थानीय याङ्जी शेर्पाले जानकारी दिनुभयो । यति बेला दैनिक खरिखोलाबाट सयौँ विदेशी तथा स्वदेशी पर्यटक सुर्के हुँदै लुक्ला जान्छन् । पर्यटकको लागि आवश्यक खाद्यान्नको सामान तथा लत्ताकपडा खच्चड र घोडाको प्रयोग गरी ढुवानी गरिन्छ । सडकको पहुँच नभएका कारण त्यस क्षेत्रमा सामान ढुवानीका लागि भरपर्दो साधन खच्चड, घोडा नै । तीनै खच्चड र घोडा हिडाउन नसक्ने भएपछि थप समस्या भएको स्थानीयले बताएका छन् । 

खुम्बु क्षेत्रका लागि खच्चडको प्रयोग गरी सामान ढुवानी गरिन्छ तर । बाटो अवरुद्ध भएपछि समस्या हुने लुक्लाका व्यवसायी फिन्जो शेर्पाले बताउनुभयो । शेर्पाले स्थानीय तहलाई तत्कालै बैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो ।

यसैबीच, बाढिले सोही स्थानको सुर्केखोला पेल्ट्रीकसेटको पाइप र ट्याङ्की बगाएको छ । बाढीले विद्युत्को पाइप र ट्याङ्की बगाउँदा ५० घरमा विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि रेडियो टेलिभिजन हेर्न नपाएको स्थानीयले बताएका छन् । 

साइकलयात्री जितकुमार साह आधारशिविरमा 

साइकलयात्री जितकुमार शाह सगरमाथा आधारशिविर पुग्नुभएको छ । भदौ ९ गते जनकपुरबाट यात्रा शुरु गर्नुभएका शाह शुक्रबार बिहान नौ बजे १९ दिनमा सगरमाथा आधारशिविर पुग्नुभएको हो । 

उहाँ गत बिहीबार सल्लेरी आइपुग्नुभएका थियो । शाह काठमाडौँ, दोलखा, उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बु आउनुभएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यात्रा गरेको शाहको भनाइ छ । ‘तराई पहाड हिमाल हाम्रो मातृभुमि नेपाल’ भन्ने मूल नारासाथ नेपालको झण्डासहित सोलुखुम्बु आइपुग्नुभएका शाहले आफ्नो यो यात्राले नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने दाबी गर्नुभयो । आगामी वैशाखमा ३१ वर्षीय शाहले साइकलसहित सगरमाथा आरोहण गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान