२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

पक्राउ परे विप्लव समूहका जिल्ला सेक्रेटरी

२०७६, २८ भाद्र शनिबार ०४:१५

भदौ २८, बारा | नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । राजन गिरी भनिने मिश्रालाई बाराको परवानीपुर-४ श्रीपुरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बाराका एसपी विकासराज खनालले जानकारी दिएका छन् ।

बाराका प्रहरी अधिकारीहरुका अनुसार जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको थियो । उनी पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र उनीमाथि बिभिन्न मुद्दाहरु पनि रहेकाले पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरु बताउँछन् ।

मिश्रामाथि भारतीय नम्बर प्लेटका गाडी आगजनी गरेको, व्यवसायीलाई चन्दाका लागि धम्क्याएको आरोप छ । मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतंकलगायतका आधा दर्जनभन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने