२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर जिल्ला अस्पताललाई डेङ्गु परीक्षण किट

२०७६, २८ भाद्र शनिबार १५:११

भदौ २८, नवलपरासी | मध्यविन्दु जिल्ला अस्पताललाई डेङ्गु परीक्षण किट प्रदान गरिएको छ । डेङ्गु परीक्षणका लागि किट अभाव भएपछि कावासोती नगरपालिकाले अस्पताललाई किट उपलब्ध गराएको हो । 

नगरपालिकाले अस्पतालमा आउने बिरामीलाई सहजरूपमा परीक्षण गर्न सकियोस् भनेर किट उपलब्ध गराएको कावासोती नगरपालिका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारूले बताउनुभयो । उपप्रमुख थारूले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा टेकेन्द्र गौतमलाई १०० थान डेङ्गु परीक्षण किट प्रदान गर्नुभएको हो ।

अस्पतालमा प्रदेशबाट ५०, अस्पतालले खरीद गरेको २५ र जिल्ला स्वास्थ्य कार्यलयबाट पाँच किट प्राप्त भएकामा शुक्रबारबाट अस्पतालमा किट सकिएको थियो । किट सकिएपछि अस्पतालमा डेङ्गु परीक्षणमा समस्या भएपछि कावासोती नगरपालिकाले आज १०० थान किट प्रदान गरेको हो ।

मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक ५० जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आएका बिरामीमध्ये धेरैले डेङ्गु परीक्षणका लागि भन्ने गरेको भए पनि आफूहरुले अवस्था हेरेर मात्र परीक्षण गर्ने गरेको डा. गौतमले बताउनुभयो । 


कावासोतीमा हालसम्ममा १७ जना डेङ्गुका बिरामी फेला परेका छन् । डेङ्गुबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको स्वास्थ्य शाखा कावासोतीका प्रमुख विश्वराज कँडेलले बताउनुभयो । डेङ्गु नियन्त्रणका लागि लामुखट्टेको बासस्थान खोज्ने, लार्भा नष्ट गर्ने अभियानलाई जोड दिइएको स्वास्थ्य शाखा कावासोतीका प्रमुख कँडेलले बताउनुभयो ।

नवलपरासीपूर्व नवलपुरमा डेङ्गुका बिरामी दिनप्रतिदिन बढ्दै गएको जिल्ला स्वाथ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख ख्याम केसीले जानकारी दिनुभयो । प्रमुख केसीका अनुसार सबैभन्दा धेरै डेङ्गुको सङ्क्रमण गैँडाकोट नगरपालिकामा देखिएको छ । गैँडाकोट नगरपालिकामा मात्र ५२ भन्दा धेरैमा डेङ्गुको सङ्क्रमण देखिएको छ । गैँडाकोट नगरपालिकासँगै देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा डेङ्गुको प्रभाव धेरै देखिएको प्रमुख केसीले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहमा  भने अझैसम्म कसैमा डेङ्गु भएको भन्ने जानकारी प्राप्त नभएको प्रमुख केसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते