२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चार दिन देखि बेपत्ता भएका बझाङका रगुविर ओखेडा अझै फेला परेनन्

२०७६, ३१ भाद्र मंगलवार ०६:२४

धुर्व बिष्ट | भदौ ३१, बझाङ | बझाङको बुङ्गल नगरपालिका वडा ९ रारु कमेडीखानाका रगुविर ओखेडा चार दिन देखि बेपत्ता भएका अझै फेला परेका छैनन् | मानसिक असन्तुलन भएका अन्दाजी ६० वर्षिय ओखेडा गत भाद्र २८ गते शनिबार साँझ ७ बजे घरबाट हिडेको उनका आफन्तले बताएका छन् |

चार दिन सम्म खोजी कार्य जारी रहदा पनि कुनै पत्तो नलागे पछि आफु साह्रैसोकमा परेको उनका जेठा छोरा शेर ओखेडाले बताउनु भएको छ । केही वर्ष यता मानसिक सन्तुलन केही रुपमा गुमाएका ओखेडाको उपचार गार्दा पनि निको नभए पछि घरमै आराम गरिराखेको अवस्थामा घरबाट हिडेपछि खोजी कार्य जारी रहेको उनका छोराको भनाई छ |

शरीरको माथिलो भागमा खैरो सट र तल्लो भागमा खैरो नै पाईजमा लगाएका ओखेडाको चार दिन सम्म कुनै आसालाग्दो कुरा नसुन्दा परिवार चिन्तित भएको छ | अहिले सम्म प्रहरीलाई खबर नगरी परिवार र स्थानीयहरुले खोजी कार्य जारी राखेको  बुङ्गल नगरपालिका वडा न ९ का वडा अध्यक्ष देउमल धामीले बताएका छन् |

बेपत्ता भएका उनको केही पत्तो नलागे पछि भेटाउनु हुने जुनसुकै महानुभावले नजीको प्रहरी कार्यलय, वडा कार्यलयमा खबर गरीदिन परिवारको आग्रह छ | हराएका रगुविर ओखेडाका एक श्रीमती ,दुई छोरा र तिन जना छोरी रहेको उनका भतीज विजय ओखेडाले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने