Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा प्रतिघण्टा २०० जनाले चुरोट छोड्न थाले : तथ्याङ्क

२०७६, २ आश्विन बिहीबार १६:२५

असोज २, लण्डन । (रासस/सिन्ह्वा)  । बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।

यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ । 

गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ)ले जनाएको छ । 

राष्ट्रिय धुम्रपान अध्ययनको पछिल्लो विवरण अनुसार यही सन् २०१९ को जनवरीदेखि जुलाई सम्ममा धुम्रपान गर्ने वयस्कहरूको सङ्ख्या २.२ प्रतिशतले घटेको छ ।

बेलायतमा धुम्रपानकर्ताहरूको सङ्ख्या पछिल्लो समय निकै कम हँुदैगएको छ । अहिले पनि १४.४ प्रतिशत वयस्कहरूले धुम्रपान गर्ने गर्दछन् ।

लैङ्गिक रूपमा हेर्दा धुम्रपान गर्ने पुरुषको सङ्ख्या १६.४ प्रतिशत र महिलाको सङ्ख्या १२.६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।

पिएचइले गत अक्टोबरदेखि धुम्रपान छोड्न प्रेरित गराउने देशको सवैभन्दा ठूलो अभियान सुरु गरेको हो ।

पिएचइका मेडिकल डाइरेक्टर यभोन्ने डोयलेका अनुसार अभियानका कारण धुम्रपान त्याग्नेहरुको सङ्ख्या उल्लेख्य देखिएको छ । 

उहाँले भन्नुभयो, “यो साँच्चै प्रभावकारी देखिएको छ, प्रारम्भिक सङ्केत नै उत्साहजनक भएपनि धुम्रपान रहित समाज बनाउने महत्वाकाङक्षातर्फ हामी लागेका छौँ ।” 

धुम्रपान छुटाउने बर्षभरीको देशव्यापी कार्यक्रमलाई स्टपटोबर नाम दिइएको छ । यस अभियानबाट लाखाँै नागरिकले धुम्रपान त्याग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ