Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

२०७६, ४ आश्विन शनिबार ०५:०५

लक्ष्मीप्रसाद सापकोटा | असोज ४, पर्बत | निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ । 

सम्झौता अवधि सकिएको डेढ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । ठेकेदारको लापर्वाहीका कारण काम सम्पन्न हुन नसकेको पाइएको छ । रु नौ करोड १७ लाख ४९ हजार २४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्र्याक खुले पनि सवारीसाधन चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । 

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँको ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न नगरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले पटकपटक ताकेता गर्दा पनि निर्माण व्यावसायीले काम शुरु नगरेपछि २०७६ साल जेठ ४ गते १० प्रतिशत जरिवानासहित म्याद थप गरिएको हो । प्रतिदिन रु ४५ हजार ९०० का दरले जरिवाना लगाएर म्याद थप गरेको चार महीना बितिसके पनि अझै काम पुनः सञ्चालन नगरेको कार्यालयले जनाएको छ । 

उक्त खण्ड १४ किलोमिटर रहेको छ । कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै रु छ करोड भुक्तानी लगिसकेको छ भने रु तीन करोड १७ लाख भुक्तानी हुन पनि बाँकी रहेको कार्यालयले जनाएको छ । पटक पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भए पनि बेवास्ता गरेको हो । उहाँले अझै पनि आफूले पहल गरिरहेको बताउँदै अब पनि शुरु नगरे कानूनबमोजिम कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले निरन्तर सूर्य कन्ट्रसनका सञ्चालक सूर्यबहादुर खड्कालाई सम्पर्क गरेर काम नियमित गर्न दबाब दिइरहेका छौँ, तर अहिलेसम्म शुरु गरेको छैन ।” अब अन्तिम पटक चेतावनी दिइने र उक्त कम्पनीले काम नगरे ठेक्का सम्झौता रद्द गरिने उहाँले बताउनुभयो । साउन, भदौ, असोजभित्र काम गर्छु भनेर लिखित प्रतिबद्धता जनाएपनि अहिलेसम्म शुरु नगरेको आयोजना प्रमुख सुवेदीको भनाइ छ । 

यता सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । वर्षायाम भएकाले काम सुचारु गर्न सकेका छैनौँ भन्दै उहाँले अब केही पहरा कटान गरेर ट्र्याक खोल्ने काम र ग्राभेलिङको काम मात्र बाँकी रहेकाले तीन महीनाभित्र सम्पन्न हुने दाबी गर्नुभयो । हाम्रा निर्माण उपकरण साइटमै रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अहिले बर्खा लागेर काम भएको छैन आगामी पुस १५ भित्र काम सक्छौँ ।” राष्ट्रिय गौरवको योजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ठेकेदारले तीन महीनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो ।  

उता कालीगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले ठेकेदारले काम गर्छु गर्छु भनेको तर अझै बेवास्ता गरेकाले पत्रिकामा सूचनानै जारी गरेर कारवाहीको प्रक्रिया अघि बढाउन लागेको बताएको छ । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको ‘लाइफलाइन’को रुपमा हेरिँदै आइएको छ । पछिल्लो समय सेतीवेणीदेखि रानीपानीसम्म कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानीदेखि फलेबाससम्म स्तरोन्नतिको काम ७० प्रतिशत पूरा भएको छ । करिडोरको पर्वतखण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम पनि भइरहेको छ ।

यसैबीच अलपत्र अवस्थामा रहेको उक्त सडकका कारण मोदीवेणी घाटमा शव दाहसंस्कारका लागि जाने मलामी समस्यामा परेका छन् । सडकले पुरानो पैदल बाटो पुरिदिएका कारण जोखिम मोलेर घाटमा जानुपर्ने अवस्था रहेको छ । उक्त घाटनमा दैनिक आधा दर्जनको हाराहारीमा विभिन्न ठाउँबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन् ।  

उक्त सडकको केही समय अघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले अवलोकन गर्दै समयमै सम्पन्न गर्न आग्रह पनि गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ