Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ असोज ०५ गते, बिहान ८:१३ बजे
म्याग्दी - MGD

बाढीले बगाउँदा दुई बालिका बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ५, बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार छन् ।  

बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिनुभयो । प्रहरी र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।