2026-09-13 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मारेर नारायणी नदिमा फालेको भनिएकि लोनिया जिउँदै फेला

श्याम थापा | असोज १०, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित रतनगन्ज निवासी पुजा लोनियालाई घरका ब्यक्तिहरु मिलेर हत्या गरि नारायणी नदिमा फालेको भन्ने पुजा लोनिया जिउदो अवस्थामा आफ्नै माइतमा फेला परेकि छन् । 

पुजा लोनियालाई नेपाल प्रहरीले भारतको प्रहरीको सहयोगमा भारत उत्तर प्रदेश कुशिनगर जिल्लाको खोपा गाउँमा रहेको माइती घरबाट नै फेला पार्न सफल भएको हो । लोनिया आफ्नो बैवाहिक घर अर्थात सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित रतनगन्जबाट भदौ २० गते देखि हराएको र भदौ २४ गतेका दिन घर नजिक करिब २०० सय मिटर पुर्व नारायणी नदिमा एउटा शव देखा परेपछि केहि राजनीतिक ब्यक्तीहरुले त्यही शवलाई लिएर राजनीतिकको अखाडा बनाई गाउँका सोझा साझा मानिसहरुलाई लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र ईलाका प्रहरी कार्यालय बेलाटारी घेराउ जस्ता कार्य गरि राजनीतिकको लाभ लिनेको खोजेको थियो । 

यसरी एउटा मरेको लासलाई राजनीतिक अखडा बनाउने नेतालाई जब पुजा लोनियालाई प्रहरीले जिवित अवस्थामा फेला पारी प्रहरी कार्यालय झिकाएपछि नारायणी नदीमा बेवारिसे फेला परेको लासलाई पुजा लोनियाकै हो भनेर राजनितिक गर्ने राजनितीक ब्यक्तिलाई नराम्रो झड्का लागेको छ । 

लोनिया के कति कारणले घर छोडेर हिडेको र के कति कारणले घरपरिवार र नेपाल प्रहरीलाई दु:ख दिएको त्यस बारे अनुसन्धान भैरहेको र पुजा लोनिया र उनको बुवा रामकिशुन लोनियालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले