२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

गुडिरहेको बसमा ढुङ्गा खस्यो

२०७६, ११ आश्विन शनिबार १७:०३

असोज ११, रुपन्देही | सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् ।

पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५ वर्षीय कमल राउत घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । 

आज दिउँसो साढे १ बजे पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुङ्गा खसेको थियो ।

ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका राउतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार अरु यात्रु भने सकुशल रहेको प्रहरी नायब निरीक्षक खनालले जानकारी दिनुभयो ।

पौडी खेल्दा डुबेर बालकको मृत्यु

बुटवलको बेलबासमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबास निवासी ११ वर्षीय सबिन आचार्य रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । आज दिउँसो घर नजिकैको जवई खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते