Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको मृत्यु

२०७६, १३ आश्विन सोमबार १४:४३

लखनउ, १३ असोज (रासस/एएनआई) | भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बर्षाका सिर्जित घटनामा परी उनीहरुको मृत्यु भएको हो । 

उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जीएस प्रियदर्शीले २९४ ओटा घरहरु पनि क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।  

सरकारले मातहतका निकायहरुलाई बर्षाका कारण उत्पन्न समस्याहरु नियन्त्रण गर्न निर्देशन दिइसकेको पनि उहाँले बताउनुभयो ।

“हामी मौसम विभागसँग लगातार सम्पर्कमा छौँ, पूर्वी उत्तर प्रदेश क्षेत्रमा विगत तीन चार दिनदेखि अत्यधिक बर्षा भइरहेको छ,” उहाँले भन्नुभयो ।

“सन्त रविदास नगर, अजाम्गार्ह, मिर्जापुर, वाराणसी, प्रतापगार्ह, अम्बेडकर नगर, चण्डौली, प्रायगराज र जौपुरमा असामान्य बर्षा भइरहेको हो,” प्रियदर्शीले एएनआईलाई बताउनुभयो ।

बर्षाका कारण बाढीको तह बढेर गंगा नदीमा घाजीपुर जिल्ला र कुवानो नदीको गोँडा जिल्लामा खतराको अवस्था देखिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ