२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुर्घटनामा परि दुई जनाको मृत्यु

२०७६, २३ आश्विन बिहीबार १५:२६

असोज २३, नवलपरासी | पश्चिम नवलपरासीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना४३प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन् । 

यस्तै खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको उपचारका क्रममा आज मृत्यु भएको हो । उहाँको  नवलपरासीको बर्दघाटस्थित शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा