२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोजगारीका लागि विदेशिनु दुःखदः अध्यक्ष तिमिल्सिना

२३ आश्विन २०७६, बिहीबार १५:३२

असोज २३, पर्बत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताउनुभएको छ । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उहाँले रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

दक्षिण पर्वतको हुवासमा आज आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनमा अध्यक्ष तिमिल्सिनाले दुई तिहाई बहुमतको सरकार गठन भएपछि मुलुकमा विकास निर्माणले पनि गति लिएको र लगानीको समेत वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । 

सीमित स्रोत साधन र भौगोलिक विकटताका कारण नेपाल आर्थिक रुपमा सवल हुन अझै केही वर्ष लाग्ने बताउँदै उहाँले ऊर्जा, उद्योग, जडीबुटी र पर्यटनको क्षेत्रमा लगानीकर्तालाई आकर्षित गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले प्रवासी पर्वतेलीको सङ्गठन अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लामा लामो समयदेखि पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउँदै लगानीका क्षेत्र पहिचान गरी प्रवासीले आर्जन गरेको पूँजीलाई एकत्रित गरेर लगानी गर्न समेत आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान