2026-09-14 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोजगारीका लागि विदेशिनु दुःखदः अध्यक्ष तिमिल्सिना

असोज २३, पर्बत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताउनुभएको छ । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उहाँले रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

दक्षिण पर्वतको हुवासमा आज आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनमा अध्यक्ष तिमिल्सिनाले दुई तिहाई बहुमतको सरकार गठन भएपछि मुलुकमा विकास निर्माणले पनि गति लिएको र लगानीको समेत वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । 

सीमित स्रोत साधन र भौगोलिक विकटताका कारण नेपाल आर्थिक रुपमा सवल हुन अझै केही वर्ष लाग्ने बताउँदै उहाँले ऊर्जा, उद्योग, जडीबुटी र पर्यटनको क्षेत्रमा लगानीकर्तालाई आकर्षित गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले प्रवासी पर्वतेलीको सङ्गठन अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लामा लामो समयदेखि पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउँदै लगानीका क्षेत्र पहिचान गरी प्रवासीले आर्जन गरेको पूँजीलाई एकत्रित गरेर लगानी गर्न समेत आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले