२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रवासीको सहयोगमा बागलुङमा आँखा उपचार केन्द्र

२०७६, २४ आश्विन शुक्रबार ०६:५६

असोज २४, बागलुङ | गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्र बन्ने भएको छ । रु ८५ लाखको लागतमा बन्ने केन्द्रको भवन एक वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

गलकोट आँखा उपचार केन्द्र स्थापनाका लागि समाजले गत वर्ष जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । शहीद थीरबम मल्ल पुस्तकालय परिसरमा केन्द्र स्थापना गर्न लागिएको समाजका अध्यक्ष दिलु खत्रीले बताउनुभयो । तीनतले भवनको भुइँ तलामा केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहलसहित समाजको कार्यालय रहनेछ । नेपाल नेत्रज्योति सङ्घ, गलकोट नगरपालिकालगायत सरोकार भएका पक्षसँगको समन्वयमा समाजले केन्द्र स्थापनाको काम अघि बढाएको हो ।

केन्द्रको भवन निर्माणका लागि थीरबम पुस्तकालय व्यवस्थापनले निःशुल्क रुपमा जग्गा उपलब्ध गराएको छ । गलकोटमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनेपर्ने बाध्यता हट्ने भएको छ । जिल्लामा हाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र छ । समाजले केही वर्षअघि गलकोटमै राखेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका बिरामी बढी पाइएपछि उपचार केन्द्र स्थापनाको सोच बनेको समाजका अध्यक्ष खत्रीले बताउनुभयो । “गलकोटमा आँखा उपचार केन्द्रको आवश्यकता महसुस भएपछि हामीले जापानमा सहयोग अभियान चलायौँ”, अध्यक्ष खत्रीले भन्नुभयो ।

गएको अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमको टिकटबाट सहयोग जुटेको थियो । गलकोटबाट जापान पुगेका अधिकांश उक्त सहयोग अभियानमा जोडिएका थिए । भवन निर्माणका लागि रु ७० लाख समाजले उपलब्ध गराउने र बाँकी रकम अन्य स्रोतबाट जुटाइने वडा नं ५ का अध्यक्ष नारायणध्वज मल्लले बताउनुभयो ।

समाजले थप बजेट व्यवस्थापनका लागि आउँदो अङ्गे्रजी नयाँ वर्षमा पनि सहयोग अभियान चलाउने योजना बनाएको छ । समाजले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई केही वर्षअघि लाखौँ मूल्य पर्ने स्वास्थ्य उपकरण प्रदान गरेको थियो । समाजद्वारा निर्माण हुन लागेको आँखा उपचार केन्द्रको शिलान्यास तथा गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमामा निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन यही साता गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते