२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रवासीको सहयोगमा बागलुङमा आँखा उपचार केन्द्र

२४ आश्विन २०७६, शुक्रबार ०६:५६

असोज २४, बागलुङ | गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्र बन्ने भएको छ । रु ८५ लाखको लागतमा बन्ने केन्द्रको भवन एक वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

गलकोट आँखा उपचार केन्द्र स्थापनाका लागि समाजले गत वर्ष जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । शहीद थीरबम मल्ल पुस्तकालय परिसरमा केन्द्र स्थापना गर्न लागिएको समाजका अध्यक्ष दिलु खत्रीले बताउनुभयो । तीनतले भवनको भुइँ तलामा केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहलसहित समाजको कार्यालय रहनेछ । नेपाल नेत्रज्योति सङ्घ, गलकोट नगरपालिकालगायत सरोकार भएका पक्षसँगको समन्वयमा समाजले केन्द्र स्थापनाको काम अघि बढाएको हो ।

केन्द्रको भवन निर्माणका लागि थीरबम पुस्तकालय व्यवस्थापनले निःशुल्क रुपमा जग्गा उपलब्ध गराएको छ । गलकोटमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनेपर्ने बाध्यता हट्ने भएको छ । जिल्लामा हाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र छ । समाजले केही वर्षअघि गलकोटमै राखेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका बिरामी बढी पाइएपछि उपचार केन्द्र स्थापनाको सोच बनेको समाजका अध्यक्ष खत्रीले बताउनुभयो । “गलकोटमा आँखा उपचार केन्द्रको आवश्यकता महसुस भएपछि हामीले जापानमा सहयोग अभियान चलायौँ”, अध्यक्ष खत्रीले भन्नुभयो ।

गएको अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमको टिकटबाट सहयोग जुटेको थियो । गलकोटबाट जापान पुगेका अधिकांश उक्त सहयोग अभियानमा जोडिएका थिए । भवन निर्माणका लागि रु ७० लाख समाजले उपलब्ध गराउने र बाँकी रकम अन्य स्रोतबाट जुटाइने वडा नं ५ का अध्यक्ष नारायणध्वज मल्लले बताउनुभयो ।

समाजले थप बजेट व्यवस्थापनका लागि आउँदो अङ्गे्रजी नयाँ वर्षमा पनि सहयोग अभियान चलाउने योजना बनाएको छ । समाजले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई केही वर्षअघि लाखौँ मूल्य पर्ने स्वास्थ्य उपकरण प्रदान गरेको थियो । समाजद्वारा निर्माण हुन लागेको आँखा उपचार केन्द्रको शिलान्यास तथा गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमामा निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन यही साता गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल