२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको पाङराङका युवा आर्थिक अभावले मुटुको भल्भ फेर्न नपाएपछि समस्यामा

२०७६, २५ आश्विन शनिबार ०८:३८


पर्वत : आर्थिक अवस्था कमजोर भएपछि मुटुको भल्भ र नशामा आएको समस्याको उपचार गराउन नसक्ने भएपछि पर्वतका एक यूवाले आर्थिक सहयोगको अपिल गरेका छन ।

जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका १९ बर्षिय भिमबहादुर कुँवरको भल्भ परिवर्तन गर्नका लागि आर्थिक समस्या भएको हो । भीमको परिवारले सामान्य कृषि पेशा अंगाल्दे आएको र घरको आर्थिक अवस्था दयनिय रहेका कारण ठूलो रकम खर्च गरेर उपचार गराउन कठिन भएको उहाँका दाजु सन्तोष कुँवरले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि भीमबहादुरलाई ६ दिनसम्म पर्वत सदरमुकाम कुस्माको कुस्मा अस्पताल राखेपछि थप उपचारको लागि पोखरा पठाइएको थियो ।

पोखरामा पनि ६ दिनसम्म राख्दा स्वास्थ्यमा सुधार नभएपछि र मुटुमा समस्या देखिएपछि पोखराबाट गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौ लगिएको हो । दाजु सन्तोषका अनुसार भीमको उपचारको लागि जसोतसो जोहो गरेर झण्डै ३ लाख रुपैयाँ खर्च गरिसकिएको छ । तर, अहिलेसम्म पनि भल्भमा देखिएको समस्यालाई न्यूनीकरण गर्नमा मात्र उक्त रकम खर्च भएपछि शल्यक्रिया मार्पmत भल्भ नै परिवर्तन गर्न मोटो रकम आवश्यक पर्ने भएको हो । ‘अस्पतालले आउँदो मंसिरको १४ गते मुटुको शल्यक्रिया गरेर भल्भ परिवर्तन गर्ने भनेको छ ।’ उहाँले भन्नुभयो, ‘शल्यक्रियाका लागि आवश्यक पर्ने रकममध्ये ४ लाख रुपैयाँ अस्पताल आँपैmले बेहोर्छु भनेको छ । यति नै रकम लाग्छ भने निधो छैन् । हामीले पनि धेरै पैसा जुटाउनुपर्ने बाध्यता छ ।’

गंगालाल हृदयरोग केन्द्रमा मुटु रोगीहरुको उपचारमा सघाउनका लागि दाताहरुबाट प्राप्त भएको कोषबाट चार लाख रुपैयाँ सहयोग हुने आश्वासन आएको सन्तोषको भनाई छ । घरमा रहेको र आफन्तबाट खोजिएको पैसा शल्यक्रिया पूर्वकै अवस्थामा सकिएपछि अब आवश्यक पर्ने रकम जुटाउन मुस्किल परेको भीमबहादुरको परिवारले बताएको छ । भीमबहादुरको घरमा बुबा, आमा, दाजु, भाउजु र बहिनी रहेका छन् । उनीहरु सबैले सामान्य खर्चको जोहो गर्ने कृषि पेशा अंगाल्दै आएका छन् ।

तर बिहान बेलुकाको छाक टार्ने गरी गरिएको कृषिले आम्दानी नदिने र उपचारका लागि धेरै रकम आवश्यक पर्ने भएपछि सहयोगको अपिल गरेर भाईलाई बचाइदिन सबै समक्ष अनुरोध गरिएको दाजु सन्तोषको भनाई छ । भीमबहादुरको उपचारमा सघाउन चाहानेले उहाँका दाजु सन्तोष कुँवरलाई ९८६१८३४६७० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित