२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको पाङराङका युवा आर्थिक अभावले मुटुको भल्भ फेर्न नपाएपछि समस्यामा

२५ आश्विन २०७६, शनिबार ०८:३८


पर्वत : आर्थिक अवस्था कमजोर भएपछि मुटुको भल्भ र नशामा आएको समस्याको उपचार गराउन नसक्ने भएपछि पर्वतका एक यूवाले आर्थिक सहयोगको अपिल गरेका छन ।

जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका १९ बर्षिय भिमबहादुर कुँवरको भल्भ परिवर्तन गर्नका लागि आर्थिक समस्या भएको हो । भीमको परिवारले सामान्य कृषि पेशा अंगाल्दे आएको र घरको आर्थिक अवस्था दयनिय रहेका कारण ठूलो रकम खर्च गरेर उपचार गराउन कठिन भएको उहाँका दाजु सन्तोष कुँवरले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि भीमबहादुरलाई ६ दिनसम्म पर्वत सदरमुकाम कुस्माको कुस्मा अस्पताल राखेपछि थप उपचारको लागि पोखरा पठाइएको थियो ।

पोखरामा पनि ६ दिनसम्म राख्दा स्वास्थ्यमा सुधार नभएपछि र मुटुमा समस्या देखिएपछि पोखराबाट गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौ लगिएको हो । दाजु सन्तोषका अनुसार भीमको उपचारको लागि जसोतसो जोहो गरेर झण्डै ३ लाख रुपैयाँ खर्च गरिसकिएको छ । तर, अहिलेसम्म पनि भल्भमा देखिएको समस्यालाई न्यूनीकरण गर्नमा मात्र उक्त रकम खर्च भएपछि शल्यक्रिया मार्पmत भल्भ नै परिवर्तन गर्न मोटो रकम आवश्यक पर्ने भएको हो । ‘अस्पतालले आउँदो मंसिरको १४ गते मुटुको शल्यक्रिया गरेर भल्भ परिवर्तन गर्ने भनेको छ ।’ उहाँले भन्नुभयो, ‘शल्यक्रियाका लागि आवश्यक पर्ने रकममध्ये ४ लाख रुपैयाँ अस्पताल आँपैmले बेहोर्छु भनेको छ । यति नै रकम लाग्छ भने निधो छैन् । हामीले पनि धेरै पैसा जुटाउनुपर्ने बाध्यता छ ।’

गंगालाल हृदयरोग केन्द्रमा मुटु रोगीहरुको उपचारमा सघाउनका लागि दाताहरुबाट प्राप्त भएको कोषबाट चार लाख रुपैयाँ सहयोग हुने आश्वासन आएको सन्तोषको भनाई छ । घरमा रहेको र आफन्तबाट खोजिएको पैसा शल्यक्रिया पूर्वकै अवस्थामा सकिएपछि अब आवश्यक पर्ने रकम जुटाउन मुस्किल परेको भीमबहादुरको परिवारले बताएको छ । भीमबहादुरको घरमा बुबा, आमा, दाजु, भाउजु र बहिनी रहेका छन् । उनीहरु सबैले सामान्य खर्चको जोहो गर्ने कृषि पेशा अंगाल्दै आएका छन् ।

तर बिहान बेलुकाको छाक टार्ने गरी गरिएको कृषिले आम्दानी नदिने र उपचारका लागि धेरै रकम आवश्यक पर्ने भएपछि सहयोगको अपिल गरेर भाईलाई बचाइदिन सबै समक्ष अनुरोध गरिएको दाजु सन्तोषको भनाई छ । भीमबहादुरको उपचारमा सघाउन चाहानेले उहाँका दाजु सन्तोष कुँवरलाई ९८६१८३४६७० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान