२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी जिल्ला कारागारमा कष्टकर जीवन बिताउँदै कैदीबन्दी

२०७६, २५ आश्विन शनिबार १०:०३

असोज २५, डोटी | जिल्ला कारागारका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्मित वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउँदै छन् । 

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो । “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ ”, उहाँले भन्नुभयो, “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छाँै, बजेट आएको छैन, आएपछि मर्मत गर्नेछौँ  ।” सरकारले जीर्ण डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । 

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत स्लेट खस्ने र कसको टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको हुन्छ ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दी बताउँछन् । 

रकम अभावले कारागारको जीर्ण भवन मर्मतसम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताउनुभयो । “भवन निकै पुरानो भएकाले छत चुहिन्छ”, उहाँले भन्नुभयो, “फर्समा पानी चुहिन्छ र छानाका स्लेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कारागारका कर्मचारी बताउँछन् । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार छन् । 

पच्चीस  कैदीबन्दीको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा झन् समस्या भएको बताइएको छ । कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको बताइएको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । हामी नि नेपाली नागरिक हौँ, सहजरुपमा बाँच्न पाउनुपर्ने हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ ।” 

कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने पनि कैदीबन्दीको माग छ । वर्षायाम सुरु भइसक्दा समेत कारागार मर्मतका लागि बजेट नआएकाले यस पालिको वर्षाद्मा झनै दुःख पाइने कैदीबन्दीको गुनासो छ । 

दिपायल सिलगढी नगरपलिकाले जीर्ण कारागार मर्मतका लागि केही रकम दिने आश्वासन दिएको कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ कारागार विभागबाट रकम आएको छैन, नगरपालिकाले छाना मर्मतका लागि रकम दिने भनेको छ तर दिएको छैन, दिनेबित्तिकै मर्मत गर्छौँ ।” कैदीबन्दीलाई पढ्न सजिलो होस् भनी नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले केही महिना पहिले कारागारमा पुस्तकालयको समेत व्यवस्था गरेको छ । पुस्तकालय स्थापना भएपछि कैदीबन्दीलाई पुस्तक पढ्न र समय बिताउन निकै सजिलो भएको कैदीबन्दीका नाइके जेठाराले बताउनुभयो ।  डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कारागार हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार