२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

चितुवा नियन्त्रणका लागि विशेष सुरक्षा दस्ता माग

५ कार्तिक २०७६, मंगलवार ०३:१०

कात्तिक ५, तनहुँ | तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन कार्यालयले विशेष सुरक्षा दस्ता खटाउन अनुरोध गरेबमोजिम गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले विशेष सुरक्षा दस्तामार्फत् चितुवा नियन्त्रणमा लिइने भएकाले यसमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । चितुवा नियन्त्रणका लागि नगरपालिकाका सामुदायिक वनमा एघार वटा खोर राखिएको छ । “खोर राखेपनि चितुवा नियन्त्रण हुन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “चितुवा नियन्त्रणमा नआउँदासम्म स्थानीयवासीले सचेतना अपनाउनुपर्छ ।”

खाने आहारा जङ्गलमा पाउन छाडेपछि बस्तीनजिकै आहाराको खोजीमा आउने गरेकाले चितुवाले बालबालिकामाथि आक्रमण गरेको बरालको भनाइ छ । “साँझको समयमा बालबालिकालाई जोगाउन आवश्यक छ,” बरालले भन्नुभयो, “घरनजिकैको झाडी सरसफाई, घरबाहिर बत्ती लगायतको व्यवस्था गर्न सकिए आक्रमणबाट केही हदसम्म बच्न सकिन्छ ।”

चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ का पाँच बालबालिकाको मृत्यु भइसकेको छ भने चार जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते वडा नं ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते वडा नं ४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते वडा नं २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते वडा नं २ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारपाककी सुचिनाको हत्या : हत्याको १० दिनपछि पक्राउ परे गाउँकै मनशमशेर गुरुङ एमालेको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो अवहेलना मुद्दामा सर्वोच्चले माग्यो रास्वपाका नेताहरूसँग लिखित जवाफ बालिका बलात्कारका आरोपी पूर्वमेयरलाई चार दिन हिरासतमा राख्न अनुमति फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठ) गलत गतिविधि नसच्याए सरकारविरुद्ध सडक र सदनबाट सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड ‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड