२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल शिला शालिग्राम जीर्ण बन्दै

२०७६, ६ कार्तिक बुधबार ०३:३१

कात्तिक ६, गुल्मी | एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ । 

शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीयवासी केशवराज न्यौपानेले गुनासो गर्नुभयो । शिला शालिग्राम विष्णु भगवान्को अवतारका रुपमा रहेको पाइन्छ । 

शालिग्रामभित्र सुन

शिला शालिग्रामको भित्रपट्टि अचम्मको आवाज निस्कने गर्दछ । रातको समयमा प्रत्येक दिन अचम्मको घण्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ का चन्द्रकान्त न्यौपानेले बताउनुभयो । उहाँका अनुसार शिलाको भित्र सुनको खानी रहेको किंवदन्ती छ । राजा महेन्द्रका पालामा शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको इतिहास छ ।

धार्मिक महत्व

शिला शालिग्राममा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्सयका कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, नववर्ष, असारे ठूला एकादशीमा भक्तजनको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिला शालिग्रामको संरक्षणमा आफूको पनि ध्यान नदिएको स्वीकार गर्नुभयो । उहाँले पर्यटकीयस्थलका रुपमा रहेको शिला शालिग्रामलाई उचित प्रचारप्रसार गरी धार्मिक महत्वका रुपमा विकास गरिने बताउनुभयो । 

त्यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेदबहादुर थापामगरले शिला शालिग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीयरूपमा विकास गर्न गाउँपालिकाले उचित निर्णय लिने बताउनुभयो । थापाले शिलासम्म जानका लागि सडक निर्माण, उचित प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय रूपमा विकास गर्नका लागि संरक्षण समिति निर्माण गरी काम अगाडि बढाइने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने