४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार

८ कार्तिक २०७६, शुक्रबार ०७:३६

तारानाथ आचार्य | कात्तिक ८, बलेवा (रासस) | गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे । गत वर्ष रु एक हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरु यस वर्षको दशैँमा रु एक हजार ३०० प्रतिकिलोका दरले बिक्री बितरण गरे ।

नेपाल सरकारले विगतका वर्षहरुमा भारतबाट आयात हुने गरेका खसीबोका रोक्ने घोषणा गरेपछि खसीबोका र हिमाली खसीको मूल्य आकासिएको आँकलन धेरैले गरेका थिए । तर दशैँ सकिएर तिहार लाग्दा साबिकको धौलागिरिका बजारमा हिमाली खसी–च्याङ्ग्राको अभाव भएको छ । दशैँका बेला बिक्री नभएका छिट्फुटबाहेक बागलुङ, पर्वत र म्याग्दीका सदरमुकाममा च्याङ्ग्रा देखिएका छैनन् । हिमाली जिल्लाहरुमा उत्पादन भएका च्याङ्ग्रा देशका ठूला शहरमा निर्यात भएको र उत्पादनसमेत कम रहेकाले दशैँमा नै मुस्ताङमा च्याङ्ग्राको सञ्चिति सकिएको घेकर दामोदरकुण्ड गाउँपालिका–५ का च्याङ्ग्रा व्यवसायी सोम गुरुङले बताउनुभयो ।

बजारमा हल्ला चलेको जस्तो च्याङ्ग्राको मूल्य नबढेका कारणले नै सञ्चिति सकिएको उहाँले बताउनुभयो । “गत वर्ष गोठबाट पठाउँदा दिएको मूल्यमै यस वर्ष पनि हामीले बिक्री गरेका हौँ”, गुरुङले भन्नुभयो, “विदेशी खसीबोका रोकिएर हाम्रा खसीको मूल्यमा केही परिवर्तन भएन ।” मौका छोपेर बिचौलियाले मूल्य बढाएर किसान र उपभोक्ता दुवैलाई मारमा पारेको उहाँको गुनासो थियो । 

“अहिले पहिले–पहिलेको जस्तो धेरै च्याङ्ग्रा छैनन्”, बेनी बजारमा च्याङ्ग्री बेच्दै गर्नुभएका उहाँले भन्नुभयोे, “मेरो गोठमा अहिले दुई सय मात्रै च्याङ्ग्रा छन् ।” चार सयको बगालमा च्याङ्ग्रा–च्याङ्ग्री पालेका गुरुङले गत वर्षहरुमा जस्तो च्याङ्ग्रा बिक्री गर्न नपाएको बताउनुभयो । बिचौलियाले मूल्य बढाएर बेचेको थाहा भएकाले च्याङ्ग्री बिक्रीका लागि आफँै बजार झरेको गुरुङले सुनाउनुभयो । दशैँका बेला अत्यधिक च्याङ्ग्राको प्रयोग हुने भएकाले मुस्ताङका किसानले तिहारको समयमा च्याङ्ग्रीको व्यापार गर्ने गरेका छन् । 

च्याङ्ग्राका तुलनामा च्याङ्ग्रीको मूल्य कम पर्छ । “छ वर्ष पुगेपछि च्याङ्ग्रीले पाठा पाउँदैन”, च्याङ्ग्री बेच्नकै लागि बेनी बजार छेउमा बसेका अर्का व्यवसायी धन शेरचनले भन्नुभयोे, “थारा पाठी र बुढी च्याङ्ग्री तिहारको बेला बेचिन्छ ।” कात्तिक महिना लागेसँगै उपल्लो मुस्ताङमा चिसो बढेको छ । च्याङ्ग्रीको हुल खेदेर बजार झरेपछि व्यापार पनि हुने र चिसो पनि छलिने भएकाले आफैँ बेनी झरेको उहाँले बताउनुभयो ।

नेपालीहरुले दशैँ, तिहार जस्ता पर्वमा हिमाली खसीको प्रयोग धेरै गर्ने गरेको भए पनि यस वर्ष तिहार नलाग्दै बजारमा च्याङ्ग्रा देखिन छाडेका छन् । “तिहारका बेला पहिले पनि च्याङ्ग्री खोज्ने धेरै हुन्थे”, व्यवसायी गुरुङ भन्नुहुन्छ, “च्याङ्ग्रा त गोठमै सकियो ।” पर्वका बेलामा हिमाली खसीको मासु खोज्ने ग्राहक आउने गरेको भए पनि यस वर्ष तिहारमा च्याङ्ग्रा नपाएको बागलुङ बजारमा मासु व्यवसाय गर्दै आएका नन्दलाल घिमिरे बताउनुहुन्छ । “पोहोर त मङ्सिरसम्म बजारमा च्याङ्ग्रा देखिन्थे”, घिमिरेले भन्नुभयो, “अहिले म्याग्दीको उपल्लो भेग पुग्दा पनि च्याङ्ग्री मात्रै भेटियो ।” मुस्ताङका किसानले पहिले जस्तो च्याङ्ग्रा नपाल्ने र चीनबाट लुकीछिपी मुस्ताङ हुँदै भित्रिने च्याङ्ग्रामा कमी आएकाले पनि च्याङ्ग्रा अभाव भएको व्यवसायीहरु बताउँछन् । 

मुस्ताङमा सहजरूपले सवारी पुग्न थालेपछि छिमेकी तथा नजीकका जिल्लामा भन्दा धेरै देशका ठूला शहरमा यहाँका खसी निर्यात हुने गरेका छन् । “अहिले त गाडीमाथि नै पुग्छ”, गुरुङले भन्नुभयो, “हिँडाएर ल्याउनेभन्दा गाडीमा लग्ने धेरै छन् ।” हिमाली वनस्पति खाएर बाँच्ने बाख्रा प्रजातिको एक वयस्क च्याङ्ग्रीले वर्षमा एक पटक मात्रै पाठापाठी पाउँछ । मुस्ताङका किसानहरुले छ वर्ष पुगेका च्याङ्ग्रीहरु मासुको प्रयोजनका लागि बिक्री गर्ने गरेका छन् । अहिले बजारमा आएका च्याङ्ग्री जिउँदो २० किलोको रु १० हजारदेखि ११ हजार ५००सम्म बिक्री हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ