२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

८ कार्तिक २०७६, शुक्रबार १२:०३

कात्तिक ८, सप्तरी | तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको आज दिउँसो मृत्यु भएको छ ।  

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीया छोरी पुष्पाकुमारी सरदारको रहेकोे इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   

तीन बालिका दीपावली (तिहार)को लागि घर लिपपोत गर्ने भन्दै कञ्चनरुप नगरपालिका–११ स्थित गोरपारमा कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा बालिका पुष्पा कुमारीको मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् ।  

सोही ठाउँका लागू सरदारकी १५ वर्षीया छोरी मन्त्रिता सरदारको देब्रे खुट्टा पूरै चुँडिएर घाइते छन् । त्यस्तै मनिलाल सरदारको १७ वर्षीया छोरी सुस्मिता सरदारको समेत हार र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । 

घाइते मन्त्रिताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की