२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

देउसीभैलो गीतको विमोचन

२०७६, ८ कार्तिक शुक्रबार १३:०३

कात्तिक ८, बागलुङ | बागलुङ मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा आज यहाँ तिहार विशेष देउसीभैलो गीतको विमोचन भएको छ । नजिकै आएको तिहारको अवसर पारेर मगर समाज वीरकोटको व्यवस्थापनमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै दुई गीत विमोचन गरिएको थियो । 

मगर समाजले तिहारमा गाइने बलिहाङअर्थात् बलिराजाको सम्बोधन गरेर गाउने एक थरीको गीत र कालीनागअर्थात् भाइदिदीको महिमा झल्काउने गीत लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण र सम्वद्र्धनमा लागिपरेको समाजका समन्वयकर्ता यमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजातिले गाउने मगर समुदायमा प्रचलित सोरठी गीतको पनि श्रव्यदृश्य देखाइएको थियो । “यो गीत विशेष गरी बागलुङ वीरकोटका मानिसले गाउने गरेका छौँ”, बुढाथोकीले भन्नुभयो । अन्तर्राष्ट्रिय मगर सञ्जालका अध्यक्ष खर्क रानाले नेपाली चाडपर्वको विषयमा जान्ने र बुझ्ने इच्छा रहेको हुँदा तिहारको अवसर पारी मातृभूमि आएको जानकारी दिनुभयो । मगर समुदायले तिहारमा बलिराजालाई अति नै मान्ने गरेको छ मगर समुदायमा रहेको मान्यतानुसार तिहारको महत्व एक किंवदन्तीमा आधारित छ । 

किंवदन्तीअनुसार तिहारको टीका लगाउन एक भाइ दिदीको घरमा जाँदा बाटामा एउटा कालीनाग भेट्छन् । त्यस नागले ती भाइलाई कहाँ जान लागेको भनी सोधेपछि भाइले म दिदीका घरमा तिहारको टीका लगाउन जान लागेको भनेछन् । कालीनागले ‘आज मलाई धेरै भोक लागेको छ । म तिमीलाई खान्छु । कहाँ दिदीको घरमा टीका लगाउन जाने’ भनिछन् । ती भाइले ‘हैन म दिदीको घर टीका लगाउन जान लागेको । मलाई खाने कुरा नगर’ भनेपछि कालीनागले मानिनछिन् । उनले जिद्दी गरेर ‘म तिमीलाई खान्छु’ भनेपछि  ती भाइले ‘म दिदीको हातको टीका लगाएर आउँछु अनि मलाई खानू’ भनी वाचाबन्धन गरी दिदीको घर टीका लगाउन गएछन् । भाइले अँध्यारो मुख लगाएर आएपछि दिदीले ‘के भयो ?’ भनी सोधिछन् । भाइले बाटामा भएको सबै कुरा बताए छन् । दिदीले ‘पीर नगर म तिम्रो चिन्ता हटाइदिन्छु’ भनी भाइटीकाको दिन दैलामा पाँच सेता रेखीका साथमा पाँच तेलको धर्कासमेत हालीछिन् । दिदीले भाइटीका गर्नुपूर्व नागको आँखा फुटाउने जुक्तिका साथ एउटा ओखर फुटाई टीका लगाइ दिइछन् । टीका सकेर भाइ मनमा चिन्ता लिँदै घर फर्र्केछन् । बाटामा फर्कंदाफर्कंदै उनले कालीनाग पाँच टुक्रा भएर मरेको देखेछन् । ‘दिदीले भनेको कुरा ठ्याक्कै मिल्न गयो’, भनी सबैलाई आफ्नो दिदीको शक्तिबारे कथा सुनाए छन् । 

सो बेलादेखि मगर समुदायका मानिसले तिहारको महत्वलाई यसरी लिने गरेको वृद्ध बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रममा मगर समुदायमा प्रचलित ‘हाई मुरली हाँ’ र ‘फाइलो देउसुरे’ नामक दुई गीत गाइएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते