२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अवैध भारतीय गाडी सञ्चालनमा

८ कार्तिक २०७६, शुक्रबार १३:१८

नरेश केसी | कात्तिक ८, लुम्बिनी | वर्षभरिमा जम्मा २९ दिन नेपाल बस्न पाउने कानूनविपरीत भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे साना सवारी वर्षभरि नेपालमा राखेर यात्रु ओसारपसार कार्य गर्दा नेपाली गाडी सञ्चालक मारमा परेका छन् । 

भारतीय नम्बर प्लेटका गाडीले गैरकानूनीरुपमा नेपालमा यात्रु बोक्ने र रिजर्भमा हिँड्ने गरेको पाइएको छ । नेपाली रातो नम्बर प्लेटका गाडीलेसमेत निजी यात्रु ओसारपसार गर्न नपाउने कानूनी प्रावधान छ । भारतीय निजी गाडी भने नेपाली भूमिमा निर्वाधरुपमा यात्रु रिजर्भ गरेर हिँडिरहेका छन् । 

भारतीय नम्बर प्लेटका गाडी भन्सार सहुलियतको दुरुपयोग गरी अवैधरुपमा नेपालमा राखिने र नेपालमा रिजर्भमा यात्रु ओसारपसार गर्ने गरेका नेपाली ट्याक्सी चालक सोमबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली नम्बर प्लेटेका गाडीमा यात्रु लिएर हिँड्दा भन्सार कर्मचारी, प्रहरीले धेरै दुःख दिन्छन्, तर भारतीय नम्बर प्लेटका गाडी हेर्दै हेर्दैनन् ।”

परियारले झै अर्का नेपाली नम्बर प्लेटका गाडी चालक नन्दु मुक्तानलाई पनि प्रशासनले समयमै ध्यान नदिए पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यता आउने बताउनुभयो । परियारले गोरखपुर चल्ने गाडीलाई नेपालमा आएर यात्रु ओसार गर्न दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखपुरबाट सुनौली भनेर ल्याउने अनि भन्सार सुविधाको दुरुपयोग गर्दै सिधै बुटवल, तानसेन, पोखरा, मुक्तिनाथ, काठमाडौँसम्म अनाधिकृतरुपमा जाने गरेका छन्, तिनलाई तत्काल कारवाही गर्नुपर्दछ ।” 

बर्षमा २९ दिन नेपाल बस्न पाउने कानूनी सुविधाको दुरुपयोग गर्दै भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे गाडी यसरी नेपालमा बसेका हुन् । भारतीय नम्बर प्लेटका गाडी कति भन्सार गरेर त कति सुविधा लिएर बस्ने गर्दछन् । निःशुल्क सुविधाको प्रयोग गर्दै बिहान आएर साँझ फर्किनुपर्ने गाडी हप्तौँसम्म नेपालमै बस्ने गरेका छन् । 

भारतबाट नेपाल आउन चाहने गाडी धनीले अस्थायी भन्सार सुविधा प्रतिदिनको रु ५०० तिरेर भन्सारबाट लिन पाउने प्रावधान छ । भन्सारले कार, जीप, भ्यान, बस, मिनिबस, एम्बुलेन्सको रु ५०० लिने गरेको छ । यसैगरी ट्रक, पिकअप, मिनिट्रकको रु एक हजार ७०० र ट्र्याक्टरको रु ४०० भन्सार लाग्ने गर्दछ । यसरी दैनिक ६००/७०० गाडी नेपाल भित्रिने गरेका छन् । भारतीय नम्बर प्लेटका गाडी सीमावर्ती क्षेत्रमा सञ्चालित क्यासिनो, मेडिकल कलेजमा पनि अवैधरुपमा सञ्चलन भइरहेका छन् । 

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले भन्नुभयो, “सिस्टमले ट्रयाक र क्यास गर्न नसक्दा कुन गाडी कति दिन बस्यो भनेर पुष्टि गर्न मुश्किल भएको छ, नेपाल बस्ने गाडीले भन्सारमा भएको सिस्टम असुविधाको फाइदा उठाएको देखिएको छ ।” ट्राफिक प्रहरीले जरिवाना मात्रै उठाउने गरेका कारण कारवाहीका लागि पठाउने भने गर्ने नगरेको देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले कानूनविपरीत भारतीय गाडी नेपाल आई सञ्चालनमा आएको भए कारवाही गरिने बताउनुभयो । भैरहवा भन्सारले आसीकुडा सफ्टवेयर प्रयोग गर्दै आएको छ । नेपालको कानूनले निजी नम्बर (रातो प्लेट) का गाडीलाई यात्रु ओसारपसारमा रोक लगाएको छ । सोका कारण यात्रु बोक्ने साधनका रुपमा भाडाका गाडी (कालो प्लेट) तथा पर्यटक गाडी (हरियो प्लेट) का गाडी प्रयोग हुने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य