2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाटमा भोलिदेखि नियमित विद्युत् सुचारु हुने

कात्तिक १०, परासी । आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२/११ केभी सवस्टेशनबाट भोलिदेखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ । बिहीबार राति आगलागी हुँदा सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको थियो । 

आगलागी भएको स्थानको स्थलगत निरीक्षण गरी सवस्टेशनबाट छिटोभन्दा छिटो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन शुक्रबार नै काठमाडौँबाट आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड विकास विभागका निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोलीले सहजीकरण गरिरहेको छ ।

आगलागीबाट क्षतिग्रस्त भएका उपकरण काम नलाग्ने अवस्थामा रहेकाले नयाँ उपकरण मगाएर विद्युत् पुनः सञ्चालन गर्ने प्रयत्न भइरहेको उल्लेख गर्दै निर्देशक श्रेष्ठले भन्नुभयो, “ग्राहकलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ, आगलागीबाट क्षतिग्रस्त भएकाले नयाँ उपकरण ल्याइएको छ”, आज दिनभर नयाँ उपकरण जडान गरी परीक्षण गर्नेछौँ ।”

क्षतिग्रस्त भएका उपकरण हटाउन र नयाँ जडानका लागि गण्डक तथा हेटौँडादेखि पनि मर्मत टोली ल्याएर समस्या समाधानको काम गरिरहेको उहाँले बताउनुभयो । नयाँ जडान गरिएका उपकरणको आज दिनभरिको परीक्षण सफल भएमा सोमबारदेखि नै यहाँबाट नियमित विद्युत् आपूर्ति गर्ने तयारी गरिएको निर्देशक श्रेष्ठले राससलाई बताउनुभयो । 

प्राधिकरणले गण्डक, परासी सवस्टेशनबाट वैकिल्पक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । सवस्टेशनको नियन्त्रण कक्षमा रहेका विद्युत् नियन्त्रण गर्ने ‘ब्रेकर सर्ट’ हुँदा आगलागी भएको सवस्टेशनका इञ्चार्ज कृष्ण शर्माले जानकारी दिनुभयो । “रातिको समयमा आगलागी हुँदा तत्कालै नियन्त्रणमा लिन नसक्दा धेरै क्षति हुन पुग्यो, आठ वटा ब्रेकर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्, करोड बढीको क्षति पुगेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नियन्त्रण कक्षमा पस्ने दुईवटा र त्यहाँबाट बाहिर निस्कने फिडरमा आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस सवस्टेशनबाट दुम्कीबास, प्रतापपुर र सुनवल फिडरसम्म विद्युत् आपूर्ति हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत