Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा कौडा खेल्ने २८ जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

<p><b>कात्तिक ११, नवलपरासी | </b>प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो ।&nbsp;<br></p><p>देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अम्मर गुरुङ, विजय शाही, शम्भु रानाभाट, नेत्रनारायण पोख्रेल, दिलबहादुर टण्डन, कृष्णकुमार श्रेष्ठ, मेघराज शर्मा, रोशन भण्डारी, तिलककुमार आले, ठाकुरप्रसाद पोख्रेल, वीरेन्द्र बस्नेत, सुमन आले, अञ्जान बस्नेत, सलमान मिया, बाबुराम चापागाईं, प्रकाश न्यौपाने, मन विक, शिव बानियाँ, सुभाष ओझा, भूमि भण्डारी, मनबहादुर कुमाल, रामप्रसाद अर्याल, शरद पौडेल, ऋषिराम सुवेदी, नवराज शर्मा, सूर्य घिमिरे, अरुणबहादुर चौधरी र शौरभ खनाल छन् ।&nbsp;</p><p>उनीहरुका साथबाट प्रहरीले रु पाँच लाख ८० हजार बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ । रासस</p>