२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कोदालोको विंडले हानेर ज्यान मार्ने एक युवक पक्राउ

२०७६, १५ कार्तिक शुक्रबार १३:३९

कात्तिक १५, खोटाङ | कोदालोको विंडले टाउको पछाडी हानेर ज्यान मार्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी २४ वर्षीय पवन राई रहेका छन् ।

उनले सोही ठाउँका अन्दाजी १९/२० वर्षीय मिलन राईलाई बिहीबार राती कोदालोको विंडले हानेर ज्यान मारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोद कुमार खेरवालले जानकारी दिए । गाउँमा २/३ दिन अगाडी घटेको घट्ना मिलाउन छलफल गरेर फर्कने क्रममा पवनले मिलनलाई आक्रमण गरेका हुन् ।

घट्ना राती करीव साढे ८ बजे घटेको भए पनि त्रासका कारण गाउलेहरुले राती १० बजे मात्रै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएसँगै प्रहरीले निज पवनलाई पक्राउ गरी कानुनी कारवाही अगाडी थालेको छ । मृतकको शव परिक्षणका लागि जिल्ला अस्पातल दिक्तेलमा ल्याइँएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध