2026-09-13 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बुङ्गलमा निर्माणाधिन कालंगा जलविद्युतको सुरुङमा चार जना मजदुर बेपत्ता

धुर्व बिस्ट | कार्तिक १८, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलबिद्युत् आयोजना अन्तर्गत वडा नं १ दहबगरमा निर्माणाधिन अवस्थामा रहेको  कालङ्गाजलबिद्युत् आयोजनाको सुरुङमा चार जना मजदुर बेपत्ता भएका छन् । 

आइवार दिउसो करिव ३ बजेतिर बुङ्गल नगरपालिकाको कलङगा नदीको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् | बेपत्ता हुनेमा दैलेख जिल्लाका कर्ण बहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी रहेको इलाका प्रहरी कार्यालय बुङ्गल सहायक चेकपोस्ट विजगडाका प्रहरी सहायक निरिक्षक अम्मर भण्डारीले जानकारी दिएका छन् |

साथै उनीहरु सुरुङभित्र काम गर्नको लागि गाडी सहित सुरुङभित्र पसेका र काम गर्ने क्रममा एक्कासी गाडी स्टार्ट बन्द भएपछि काम गरि रहेका उनीहरुलाई अक्सिजनको अभावका कारण बाहिर आउन नसकेको आशंका गरिएको छ ।

उनीहरुको खोजीका लागि सुरुङभित्र प्राविधिक टिम लागि परेपनि सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रहेकोे भन्दै फर्किएको छ । अब केही बेरमा उनीहरुको खोजीका लागी हेलिकप्टर मार्फत मेसिन सहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजी गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ | यस बिषयमा कालङ्गा हाईड्रोपावर निर्माण समितिका संस्थापक संञ्चालक बिरेन्द्र मल्लले आफु घटना स्थल तर्फ आउदै गरेको भन्दै कुनै प्रतिक्रिया दिएका छैनन् |

सुरुङको ७० प्रतिशत भन्दा बढी काम भईसकेकोले बाँकी काम गर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् । उनीहरुको खोज कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन