2026-09-13 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कालंगा जलविद्युतको सुरुङ भित्र ज्यान गुमाएका चारै जनालाई प्रति ब्यक्ति १३ लाख दिने निर्णय

धुर्व बिस्ट | कार्तिक १९, बझाङ |  बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङमा अक्सिजनको कमीले ज्यान गुमाएका चारै जनालाई कालंगा जलविद्युत आयोजना प्रालिले प्रति व्यक्ति विमा सहित रु १३ लाख रुपैयाँ नगद हस्तान्तरण गर्ने भएका छ |

यहि साताको आइतबार कालंगा जलविद्युत आयोजनाको सुरुङ बुङ्गल नगरपालिका वडा न १ दाडिमगाड स्थित सुरुङ भित्र काम गर्न गएका चार जना कामदारको अक्सिजनको कमीले मृत्य भएपछि उनीहरुको  उद्धारको लागी सोमबार दिउसो काठमाडौँबाट सशत्र प्रहरीको गोताखोर टोली हेलिकोप्टर मार्फत आएको थियो । सुरुङ भित्र अक्सिजनकोअभाव भएकौ कारण उक्त टोलीलाई पनि उद्दारमा कठिनाई भएको थियो | 

सुरुङमा ज्यान गुमाउने मध्येमा दैलेखको गुरास गाँउपालीका वडा -३  पुनाकोट बस्ने लोकेन्द्र जङ शाहीका छोरा वर्ष २८ का महेन्द्र शाही, सोहि ठाँउका नर बहादुर शाहीका छोरा बर्ष ३५ का कर्ण बहादुर शाही त्यस्तै मृत्यु हुनेमा अछामको तुमुखाद गाँउपालीका रानी वन निवासी विर किशोर साँउदका २६ वर्षीय छोरा महेन्द्र शाँउद र बझाङको बुङगल नगरपालीका वडा नम्बर १ दलानका मान बहादुर धामीका ३० वर्षीय छोरा शेरसिंह धामी रहेका छन ।

धेरै पटको प्रयास पछि मृतक तिन जनाको हिजो नै उदार गरीए पनि शेर सिंह धामीको भने आज मात्रै शव फेला पारेको हो | दारीमगाड हाईड्रोका पिएम सिताराम घिमीरेका अनुसार परिवारको विमा सहीत मृतकलाई रु १३ लाख रुपैया अबको पन्ध्र दिन भित्र जिल्ला प्रशासन कार्यलय बझाङको मातहतमा नाता प्रमाणीत गरी आफन्तलाई बुझाउने बताएका छन् | लास पोस्टमाटमको लागि जिल्ला अस्पताल चैनपुर लागिएको छ | पोस्टमाटम पछि मात्र आफन्तलाई बुझाउने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन