२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा ट्र्याक्टर र टिपरको ठक्करबाट २ जनाको मृत्यु

२५ कार्तिक २०७६, सोमबार ०५:४२

कात्तिक २५, महोत्तरी | महोत्तरीको सदरमुकाम जलेश्वरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ | ट्र्याक्टर र टिपरले ठक्कर दिँदा आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको | जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए |

जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका नौ वर्षीय छोरा राजकुमार मुखियालाई शनिबार साँझ लु २ त ७६९९ नंको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा आइतबार बिहान ७ बजे उपचारका क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २, अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफको टिपरको ठक्करबाट निधन भएको छ । ना १ क ९६८३ नंको टिपरको ठक्करबाट गम्भीर घाइते उनको जनकपुरस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य