२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा क्याम्पस प्रमुखको राजीनामा गर्दै निश्चितकालीन तालाबन्दी

२९ कार्तिक २०७६, शुक्रबार ०६:३१

कार्तिक २९, बाजुरा | जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन् | 

आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसङ्घले तालाबन्दी गरेको छ ।

बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत नेविसङ्घले सातबुँदे मागसहित तालाबन्दी गरेको क्याम्पस एकाइ सचिव थापाले जानकारी दिए । बाजुरा क्याम्पसले आङ्गिक क्याम्पसको औपचारिक उद्घाटन कार्यक्रम राखेको अघिल्लो दिन नेविसङ्घले विरोधस्वरुप तालाबन्दी गरेको थियो ।

तालाबन्दीप्रति क्याम्पसप्रमुख पण्डितले कुनै चासो नदेखाउँदै एकलौटी ताला तोडेर कार्यक्रम गरेको आक्रोशमा पुनः अनिश्चितकालका लागि तालाबन्दी गरेको नेविसङ्घ एकाइ कार्य समितिले जनाएको छ । 

राजनीतिक आस्थाको प्रवद्र्धन गर्ने गरी क्याम्पस प्रशासनले उद्घाटन गरेकाले सर्वपक्षीय भेलाबाट मिति घोषणा नगरेको, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबिन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठनपाठनमा संलग्न नहुने र बिदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

यस्तै तत्कालीन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुलाराम जैसी र स्वतन्त्र विद्यार्थी युनियनका सभापति चेतनदीप ऐडीले क्याम्पसको भवन निर्माण कार्य आफूखुशी नेकपाका कार्यकर्तालाई दिएको विषयमा निपष्क्ष छानबिनको माग रहेको छ । 

बाजुरा क्याम्पस प्रशासनले भने सबै पक्षसँगको सहकार्यमा मिति तय गरी आङ्गिक क्याम्पस उद्घाटन  गरेको जिकिर गरेको छ । क्याम्पस प्रशासनको निर्णय अधिकार भएकाले उपलब्ध सबैसँगको छलफलपछि उद्घाटन गरिएकाले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पसप्रमुख पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य