२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा गएको ५.७ रेक्टरको भूकम्पले घर चर्किए

२०७६, ४ मंसिर बुधबार ०६:०१

सम्राट सिंह | मंसिर ४, बझाङ | मङ्गलबार राति ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन् | भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका हुन् ।

यता, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गाउँपालिकामा एउटा पूरानो गोठ भत्केको खबर आएको जानकारी दिए । उनले पनि हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जानकारी दिए । ‘भूकम्पले धेरै नै हल्लाएको थियो तर धन्न कुनै अप्रिय खबर आएको छैन,’ उनले भने ।

धेरै पुराना घर भएकाले भूकम्प आउँदा घर चर्केको हुनसक्ने उनको भनाइ छ ।भूकम्पले हल्लाउन थालेपछि जिल्लाबासी त्रसित भएका थिए । अन्य ठाउँमा भूकम्पले कति क्षति गर्यो भन्ने विवरण भने आएको छैन ।भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता नयाँ दिल्लीसहित उत्तर भारतसम्म महसुस गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने