२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एस.एल.सी. परीक्षालाई मर्यादित बनाउन सहयोग गर्ने कार्यालय प्रमुखहरुको प्रतिबद्धता

२०७२, १२ चैत्र शुक्रबार ००:१२

चैत्र १२, प्रज्वल पौडेल, रामेछाप

रामेछापका
कार्यालयहरु प्रमुखहरुले चैत्र १८ गते देखि सञ्चालन हुने एस.एल.सी. परीक्षालाई मर्यादित र व्यवस्थित
रुपमा सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यालय प्रमुखहरुको बैठकमा उनीहरुले
यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बैठकले जिल्लास्थित सबै सरकारी कार्यालयहरुको घर जग्गा तथा सवारी साधनको लगत प्राप्त भएको
ढाँचा बमोजिम विवरण भरी चैत्र १४ गते भित्र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउने निर्णय पनि गरेको
छ । त्यसैगरी बैठकले सबै कर्मचारीले कार्यालय समयभित्र तोकिएको पोशाक अनिवार्य रुपमा लगाउने, सेवा
प्रवाह र विकास निर्माणका कामलाई अझ प्रभावकारी र द्रुत गतिमा अगाडी वढाउने निर्णय पनि गरेको छ

बैठकमा फागुन २० र २१ गते
भुजी, चैत्र ३ र ४ गते लखनपुर र चैत्र ५ र ६ गते गाल्पामा सञ्चालन गरेको एकिकृत घुम्ति शिविरका बारेमा
पनि बैठकमा समिक्षा गरेको छ । ग्रामीण भेगमा सञ्चालन भएको सो शिविरबाट १६०२ जनालाई नागरिकताको
प्रमाणपत्र वितरण गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने