पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सा"/>

2026-09-14 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा जलयातायात (स्टीमर) संचालन

पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमर सेवा पानीको बहाब कम भएसँगै पुन संचालनमा आएको हो । अहिले नियमित ११ वटा स्टिमरबाट यस क्षेत्रका बासिन्दाहरू ओहोर दोहोर गर्दै आएका छन्। यातायात शुरु भएपछि यस क्षेत्रका बासिन्दाको ४ घण्टाको बाटो आधा घण्टामा छोटिएको छ, ।

जलयातायात सेवा सूचारु भएपछि पर्वत, स्याङजा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरू यातायातको सुविधाबाट लाभान्वित बनेका छन्। खासगरी चाडवाड मनाउन गाउँ आएका फर्किनलाई बढी सहज भएको छ ।

विगत १७ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन भएपछि दर्जनौ गाविसका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन्। वर्षातको समयमा भने दुर्घटना बढ्ने खतराका कारण ३ महिना अवरुद्ध हुने गरेको छ। 

दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मिसम्म करिब सात किलोमिटरको दूरीमा जलयातायात सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती साविकका झण्डै डेढ दर्जन गाविसबासी तथा गुल्मी, स्याङ्जा र दक्षिण बागलुङका केही गाविस गरी साविकका ३० भन्दा बढि गाविसबासीलाई सहज रूपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका छन्। यातयातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टीमर सेवा बरदान साबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले