2026-07-01 10:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरो पीडितलाई घर

2019-11-25


पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितलाई अन्तराष्ट्रिय पर्वत सेवा समाजले घर बनाइदिएको छ ।

२०७५ साल साउन २ गते आएको पहिरोका कारण घरवारविहिन भएका तीन परिवारलाई उक्त समाजले घर निर्माण गरिदिएको हो । 

पहिरोमा परि १ जनाको ज्यान गएको थियो भने १५ घरपरिवार विस्थापित भएका थिए ।

 समाजले वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइरिङका भीमलाल आचार्यलाई घर हस्तानतरण गरेको हो । कुल १४ लाख १९ हजार ४ सय ३५ मा घर निर्माण भएको हो ।

नयाँ घर पाएपनि आफ्नो मनमा अझै पनि खुसि भने नर्फिर्कएको पीडित रुपा परियारले बताइन ।

सहयोगी दाताहरु घर बनाइदिनुभयो तर गुमेको छोराका कारण आफ्ना मन अझै पनि अमिलो भइरहेको उनले दुखेसो पोखिन । समाजले घर निर्माण गरिदिए पनि अझै पनि पहिरोको जोखिम रहेको उनले बताइन ।


समाजका अध्यक्ष पुरन गिरीले समाजमा आवद्ध विभिन्न देशमा रहेका पर्वत समाजका भादृ संगठनको सहकार्यमा पहिरो पीडितको लागि घर निर्माण गर्न सकेको बताए । उनले अझै पनि पिडितहरु जोखिमा रहेको बताउँदै स्थानीय सरकारले हेर्नुपर्ने जिकिर गरे ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकामा सरकारी जग्गा नभएका कारण जोखियुक्त ठाउँमा नै पीडितको घर बनाउनु बाध्यता परेको बताए । उनले आगामी दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ