२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सोनमा गाउपालिकामा शिक्षकको आन्दोलन फिर्ता

२०७६, ११ मंसिर बुधबार ०१:५९

धर्मेन्द्र कुमार यादव | मङ्सिर ११, महोत्तरी | महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा शिक्षकहरुले गरेको आन्दोल्न फिर्ता गरिएको छ । सोनमा गाउपालिका भित्र रहेका ६ जना अनुदान शिक्षकहरुले तलब भत्ता नपाएको भन्दै नेपाल शिक्षक महासंघले जारी गरेको आन्दोलनको सम्पुर्ण कार्यक्रम फिर्ता भएको छ । 

नेपाल शिक्षक महासंघको वर्ता टोली र सोनमा गाउपालिकाको कार्यालय बिच सोमबार बार्ता भएपछी कार्यक्रम फिर्ता गरिएको थियो । दुइ जना प्रा बि, दुई जना नि मा बि र दुई जना मा बि का अनुदान शिक्षकहरुको तलब भता नपाएको भान्दै महासंघले आन्दोलनको कार्यक्रम घोषना गरेका थिए। अनुदान शिक्षकहरुको असार मसान्त सम्मको अपुग रकम मंसिर मसान्त भित्र निकासा गर्ने सहमती भएपछी आन्दोलनका कार्यक्रम समेत फिर्ता भएको कुरा नेपाल शिक्षक महासंघ सोनमा गाउपालिकाका उपाध्यक्ष तथा बर्ता टोलीका सद्स्य धर्मेन्द्र कुमार यादबले जानकारी गराएको छ ।


नेपाल शिक्षक महासंघका सह अध्यक्ष राम कैलाश यादबको संयोजकत्वमा ६ सदस्यीय बार्ता टोली चयन गरिएको थियो। बार्ता टोलीमा कौशल यादव, दयाराम यादब, धर्मेन्द्र कुमार यादब, सरोज यादब, राम पृत ठाकुर रहेका थिए। उता सोनमा गाउपालिका को तर्फबाट गाउपालिका प्रबक्ता अशोक कुमार यादव र शिक्षा संयोजक राज कुमार साह रहेको थियो। माग पूरा गर्ने सहमती भएपछी दुबै बर्ता टोलीले संयुक्त रुपमा निर्णयहरुमा हस्ताक्षर गरेका थिए।

त्यस्तै गौशाला नगर पालिका र राम गोपालपुर नगर पालिकामा रहेको करीब ५० जना अनुदान शिक्षकहरु तलब भता खान बाट बन्चित भएका छ्न। दुबै नगर पालिकाको शिक्षा संयोजक र लेखापालको कमि कमजोरीका कारन शिक्षकहरु अनुदान रकम पाएको छैन, अब चाडै शिक्षक अनुदान रकम निकासा गरेन भने नेपाल शिक्षक महासंघ आन्दोलन गर्न बाध्य हुने कुरा नेपाल शिक्षक महासंघ गौशालाका उपाध्यक्ष सुनिता महतोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते