२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका जेष्ठ नागरिकको गुनासो, सरकारले आश्वासन मात्रै दियो समस्या हल गरेन्

२०७६, १३ मंसिर शुक्रबार ११:४१

दान बहादुर बुढा | मंसिर १३, मुगु | मुगु जिल्लाका बृद्धहरुको गुनासो कसैले नसुनेको बताएका छन् | जेष्ठ नागरिकको सुझाब सल्लाह संकलन गरि केन्द्रय सरकार सम्म पुराउन वा समस्या बुझन् आएकी राष्ट्रिय समाबेसि ओयोगकिकार्यवाहक अध्यक्ष माथि जेष्ठ नागरिकहरुले आफुहरुको गुनासो नसुनेको गुनासो गरेका छन् |


स्थानिय सरकार देखी केन्द्र सरकारले आश्वासन मात्रै दिनेगरेको उनीहरुको भनाई छ | सरकारले जेष्ठ नागरिकलाई मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आए पनि समयमा त्यही सामाजिक सुरक्षा भत्ता पनि पाउदैनौ,उनीहरुको गुनासो थियो |

बिहिबार सदरमुकाम गमगढीमा राष्ट्रिय  समावेशी आयोगले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागि भएका जेष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन | सरकारले ६० वर्ष देखि ६९ वर्षसम्मका जेष्ठ नागरिकलाई मासिक दुई हजार र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक तीन हजार सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि स्थानीय निकायले दशै तिहार बिती सकेपछि मात्र ढिलोगरी उपलब्ध गराएको उनीहरुको गुनासो छ |


"जिल्लामा पछिल्लो समयमा जेष्ठ नागरिकहरुलाई बस्नको लागी बृद्धस्थान , भजन कृतन, मनोरन्जन र आराम गर्ने ब्याबस्था नभएको हुदा २,३ बर्ष पहिले देखी केन्द्र सरकारसंग पुगेर निबेदन र परियोजना प्रस्तावना पेश गरे पनि आश्वासन दिएको र  कुनै पनि निकाय बाट नभएपछि गत बर्ष मात्र छायानाथ नगरपालिकाले ५ लाख बजेट जेष्ठ नागरिकलाई दिएको हुने खाने बाटो टाठोले निकालेर आएको देखीन्छ |"जेष्ठ नागरिक संघ मुगुका अध्यक्ष गगनबहादुर मल्लले बताए ।


 सरकारले स्वास्थ्य उपचार सेवा, यातायात सेवामा छुट ,पाउने व्यवस्था गरिएको भने पनि सेवा प्रदायक क्षेत्रबाट सेवा पाउन नसकेको अध्यक्ष मल्लले बताए | जेष्ठ नागरिकले चौंमासिक रुपमा पाउदै आएको सामाजिक सुरक्षा रकमले भैपरि आउने समस्या समाधान गर्न नसकिने भएकाले सरकारले भत्ता मासिक रुपमा उपलब्ध गराउने व्यवस्था गरि दिनु पर्ने उनिहरुको भनाई छ |


मुगुका जेष्ठ नागरिकका समस्याका विषयमा कर्णाली प्रदेश सरकार,कर्णालीका संसद,संघीय सरकार ,संघीय संसदमा प्रतिनीधीत्व गर्ने संसदसंग छलफल गरि समस्या समाधान गर्न पहल गर्ने राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताईन |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने