मंसिर १६, बिराटनगर | सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ | उनलाई आफ्नै अनुयायि माथि बलात्कार गरेको आरोप लागेको छ | जिल्ला अदालत सुनसरीले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो |
शुक्रबार नै उनलाई पक्राउ गर्न अदालतले अनुमति दिईए पनि आइतबार मात्र प्रहरीले उनी सम्म पुगेको थियो | तर विरामी भन्दै आईसीयूमा भर्ना भएपछि प्रहरी फर्किएको थियो |