२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा प्रेस संगठनको एकता प्रकृया टुंगियो

१७ मंसिर २०७६, मंगलवार १५:३२


 

पर्वत । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया पर्वत जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको पर्वत जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष गणेश गिरी चयन भएका छन । सह संयोजकमा भने साविक प्रेस सेन्टरका अध्यक्ष राजबाबु पिसी चयन भएका छन ।

संगठनका सदस्यहरुमा प्रनिश गिरी, कृष्ण अखेली, सुवास लामिछाने, डिलबहादुर विक, राजेन्द्र भुषाल, राजन पौडेल, गणेश पौडगेल, रमेश पौडेल, नवराज गिरी, शान्ति सुवेदी, कमला लामिछाने, दिपेश सुनार, विकासराज पौडेल, प्रताप आचार्य, महेन्द्र केसी, उत्तम परियार, सार्जन पौडेल र ज्ञान प्रसाद भुषाल चयन भएका छन ।

मंगलबार बसेको दुवै संगठनका जिल्ला कमिटिको संयुक्त वैठकले एकता प्रक्रिया टुंगाएको हो । प्रेस संगठन पर्वत जिल्ला कमिटिमा २१ जना सदस्यहरु सिफारिस भएका छन । यस अघि प्रेस संगठन नेपालको केन्द्रिय कमिटिले जिल्लागत रुपमा एकिकरण प्रक्रिया टुंगाउन बनाएको मापढण्ड बमोजीम पर्वत जिल्ला कमिटिको एकिकरण टुंगीएको हो ।

एकिकरणका लागि बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, प्रेस संगठनका केन्द्रिय सदस्य गणेश पौडेल, केन्द्रिय अनुशासन आयोग सदस्य सन्तोष थापा, पत्रकार महासंघ गण्डकी प्रदेश कमिटि महासचिव गणेश पौडेल, प्रेस चौतारीका पूर्व अध्यक्ष लक्ष्मण सापकोटा लगाएतले संगठनको एकिकरणका विषयमा आफ्नो धारणा राखेको प्रेस संगठनले जनाएको छ ।

यस अघि केन्द्रिय कमिटिको निर्णय अनुसार कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्वकमिटीका अध्यक्ष/संयोजकहरु नै रहने व्यवस्था गरिएको थियो । संगठनले पूर्वअध्यक्ष÷संयोजक कमिटीमा बस्न नमिलेको वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा मात्र सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्णय गरेको थियो ।

केन्द्रिय कमिटिको निर्णय अनुसार सिफारिस भएको जिल्ला कमिटिलाई अनुमोदनका लागि प्रदेश कमिटिमा पठाईने संयोजक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु