2026-09-14 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा प्रेस संगठनको एकता प्रकृया टुंगियो


 

पर्वत । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया पर्वत जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको पर्वत जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष गणेश गिरी चयन भएका छन । सह संयोजकमा भने साविक प्रेस सेन्टरका अध्यक्ष राजबाबु पिसी चयन भएका छन ।

संगठनका सदस्यहरुमा प्रनिश गिरी, कृष्ण अखेली, सुवास लामिछाने, डिलबहादुर विक, राजेन्द्र भुषाल, राजन पौडेल, गणेश पौडगेल, रमेश पौडेल, नवराज गिरी, शान्ति सुवेदी, कमला लामिछाने, दिपेश सुनार, विकासराज पौडेल, प्रताप आचार्य, महेन्द्र केसी, उत्तम परियार, सार्जन पौडेल र ज्ञान प्रसाद भुषाल चयन भएका छन ।

मंगलबार बसेको दुवै संगठनका जिल्ला कमिटिको संयुक्त वैठकले एकता प्रक्रिया टुंगाएको हो । प्रेस संगठन पर्वत जिल्ला कमिटिमा २१ जना सदस्यहरु सिफारिस भएका छन । यस अघि प्रेस संगठन नेपालको केन्द्रिय कमिटिले जिल्लागत रुपमा एकिकरण प्रक्रिया टुंगाउन बनाएको मापढण्ड बमोजीम पर्वत जिल्ला कमिटिको एकिकरण टुंगीएको हो ।

एकिकरणका लागि बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, प्रेस संगठनका केन्द्रिय सदस्य गणेश पौडेल, केन्द्रिय अनुशासन आयोग सदस्य सन्तोष थापा, पत्रकार महासंघ गण्डकी प्रदेश कमिटि महासचिव गणेश पौडेल, प्रेस चौतारीका पूर्व अध्यक्ष लक्ष्मण सापकोटा लगाएतले संगठनको एकिकरणका विषयमा आफ्नो धारणा राखेको प्रेस संगठनले जनाएको छ ।

यस अघि केन्द्रिय कमिटिको निर्णय अनुसार कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्वकमिटीका अध्यक्ष/संयोजकहरु नै रहने व्यवस्था गरिएको थियो । संगठनले पूर्वअध्यक्ष÷संयोजक कमिटीमा बस्न नमिलेको वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा मात्र सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्णय गरेको थियो ।

केन्द्रिय कमिटिको निर्णय अनुसार सिफारिस भएको जिल्ला कमिटिलाई अनुमोदनका लागि प्रदेश कमिटिमा पठाईने संयोजक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले