४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा पहिलो पटक विद्यापति समारोहको आयोजना हुने

१९ मंसिर २०७६, बिहीबार ०४:५७

मङ्सिर १९, सुनसरी | सुनसरी सदरमुकाम इनरुवामा पहिलोपटक विद्यापति समारोह मनाइने भएको छ । 

मैथली सेवा समिति इनरुवा सुनसरीको आयोजनामा मनाइने समारोहका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक जीवानन्द झाले बताउनुभयो ।

मङ्सिर २१ गते शनिबार शुक्ल एकादशीका दिन इनरुवा–४ मा रहेको रामजानकी मन्दिर परिसरमा विशेष समारोहको आयोजना गर्ने तयारी भएको आयोजक समितिका कार्यक्रम संयोजक झाले बताउनुभयो ।

विद्यापति समारोहका अवसरमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिको उपस्थिति संयोजक झाले बताउनुभयो । प्रथम विद्यापति स्मृति पर्व समारोह नाम दिइएको कार्यक्रमलाई तीन चरणमा आयोजना गरिने तयारी गरेको उहाँले बताउनुभयो । शनिबार बिहान प्रभातफेरि र स्थानीवासी रमानन्द झाले इनरुवा–४ नयाँ बसपार्कमा दान दिएको जग्गामा विद्यापति स्मारक शिलान्यास गरिने कार्यक्रम छ ।

दिउँसो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेशका अन्य मन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेतालगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

साँझ मैथिल सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रमसमेत आयोजना  गरिने संयोजक झाले बताउनुभयो । रु १५ लाखभन्दा बढी खर्च हुने अनुमान साथ आयोजना गर्न लागिएको कार्यक्रममा पाँच हजारभन्दा बढी स्थानीयवासीको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

कार्यक्रममा सुनसरी, मोरङ, सप्तरीसहित भारतका विभिन्न भू–भागमा बसोबास गर्दै आएका मैथिलभाषी जानकार, विद्धान, अग्रज साहित्यकार तथा कलाकारको उपस्थिति रहनेछ । विद्यापतिलाई मैथिली साहित्यका महाकविका रूपमा लिइन्छ । उहाँले मैथिल साहित्यको लेखन तथा विस्तारमा पुर्याएको योगदानलाई नेपाल–भारत दुवै देशमा सम्मानका साथ हेर्ने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ