2026-07-26 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बजुरामा गाउँपालिकाका अध्यक्षद्वारा अलपत्र बालबालिकाको उद्धार

मंसिर २२ बाजुरा | बाजुराको  स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाहीले गरेका मानवीय सेवा अन्यका लागि नमूना बनेको छ। अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ६ महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाएकाे छ। 

उनी आफैँ ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा पुग्नुभएको सामाजिक अभियन्ता प्रकाश सिंहले बताए | “बालबालिकाको पालनपोषण र शिक्षादिक्षाको एसओएसले जिम्मा लिने भनेपछि मात्र आफूले बालबालिका लिएर गएको हुँ”, अध्यक्ष शाहीले भने। बालग्राम धनगढीका प्रमुख पदम हमालले पालनपोषण र शिक्षालगायत सम्पूर्णको जिम्मा लिने बताए।बालग्राममा पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह, स्वामीकार्तिक गाउँपालिका सूचना अधिकारी कु‌वेर शाही, नागरिक समाजका अध्यक्ष जनेश भण्डारीको सहभागिता थियो। ती दुवै बालबालिका कुपोषित रहेका छन् |  

बालबालिकाका आमा बच्ची लुवारको गत साउनमा अकस्मात मृत्यु भएको थियो। ५१ वर्षीयँ हजुरआमा सुकी लुवारको भरमा नाबालक बालबालिका रहेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ