२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

एघार महिनामा २० हत्या

२५ मंसिर २०७६, बुधबार ०२:०७

मङ्सिर २५, सप्तरी | जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन् । हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तक्र्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ ।

आधारपत्र प्रस्तुत गर्नुहुँदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा ११ महिनाको अवधिमा भएका २० हत्या घटनामा नौ घटनाका अभियुक्त पत्ता नलागेका र पक्राउ नपरेको अवस्थाले गम्भीर बनाएको बताउनुभयो । राज्यबाट एकसहित छोरा, बुबाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको हत्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको जानकारी दिनुहुँदै पोखरेलले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक तुल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले गरीबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, कथित बोक्सी प्रथाले हिंसालाई बढावा दिइरहेको उल्लेख गर्दै घरेलु हिंसाकै कारण पछिल्लो समय आत्महत्याको घटनासमेत वृद्धि भएका बताउनुभयो ।

कतिपय परम्परागत संस्कृति र हानिकारक सामाजिक मान्यताले महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा रहेकाले नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा महिलाकै पनि संलग्नता बढी देखिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले मानवअधिकार उल्लङ्घन बढ्दा गम्भीर बनाएको उल्लेख गर्दै अपराध नियन्त्रण एवं अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै प्रहरी उपरीक्षक प्रसाईँले फौजदारी अपराधका ८३६ सहित साढे तीन हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान