२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा अर्जुन जोशीको भाषण, आफ्नै चुनावी क्षेत्रमा मन्त्रीलाई निषेध

२०७६, २५ मंसिर बुधबार ०२:३८

 यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दिन दर्शकहरुको चाप ह्वात्तै बढेर आएको छ । मंसिर १९ गतेदखी शुरु भएको महोत्वसको आज छटौँ दिनमा आईपुग्दा सबैभन्दा बढि दर्शक अवलोकन गरेको आयोजकको दावी छ ।

मेलालाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्थानीयस्तरमा हुने मेला महोत्सवले कला संस्कृति सँगै कृषि उत्पादनमा जोड दिने बताउनु भयो । ‘खासगरी यो ठाउँले धेरै सम्भावना बोकेको छ, यसको प्रवद्र्धन र विकास गर्न जरुरी छ, उहाँले भन्नुभयो । फलेवास क्षेत्र विकासको सम्भावनाले प्रचुर रहेको भन्दै उहाँले विकास निर्माणको काममा अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । ‘फलेवासवासीले धेरै राजनिति गर्नुभयो, फलेवासकै प्रतिनिधीलाई जिताउनु भयो, अव फलेवास क्षेत्र किन पछाडी प¥यो, खोज्न जरुरी छ उहाँले भन्नुभयो ।

सरकारप्रति कटाक्ष गदै नेता जोशीले सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउनु भयो । वर्तमान सरकार व्यतिmमुखी, पार्टीमुखी बनि नेपाली जनताले चाहेको सुशासन, समद्धि, आर्थिक सुधार, रोजगारीका अवसर दिलाउन नसकेको उहाँको भनाइ थियो  । सरकारका कारण शान्ति सुरक्षाको अवस्था नाजुक भएको,जताततै हत्या,हिंसा,आतंक फैलिएको , देशनै संस्थागत भ्रष्टाचारको चपेटमा परेको बताउँदै  काँग्रेस नेता जोशीले सरकारले नेपाली जनतालाई महँगी र कर माथि कर लगाउँदै गएको कारणले सरकार नागरिकप्रति उत्तरदायी बन्न नखोजेको उहाँको गुनासो थियो । युवाहरुले रोजगारी पाउन लगानीको वातावरण बनाउनु पर्ने बताउँद इमानदारीता, सर्मपण नभएका कारण अहिलेको सरकारले जनताले चाहेको काम गर्न नसकेको प्रष्टापार्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले क्लवले नगरमै ऐतिहाँसिक काम गरेको भन्दै युवाहरुले गर्ने हरेक कार्यलाई नेपाली काँग्रेसले जहिले पनि प्राथमिकतामा राखेको बताउनु भयो । मेला महोत्सवहरुले औद्योगिक विकासमा टेवा पु¥याउने बताउँदै नेता तिवारीले युवाहरुले गर्ने सामजिक कार्यका निम्ति आफु सधै सक्रिय रहेको बताउनु भयो । फलेवास नगरपालिका मेयरका प्रत्यासी समेत रहेका तिवारीले फलेवास नगरपालिकाले जनताको भावना अनुसार काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले नगरमा धुलो उडाउँदैमा विकास भएको नसोच्न नागरिककलाई अपिल गर्नुभयो । फलेवास नगरपालिका कृषि, पर्यटनको प्रचुर सम्भावना रहेको र अब कलकारखाना स्थापित गरि समृद्ध नगर बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य शिव सुवेदीले मेला सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् फलेवास नगरपालिका–११ पाङराङका वडा अध्यक्ष जितवहादुर सुनार शेरवहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, देविप्रसाद विलासी, पशुराम पुरी, नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकी प्रदेशका संयोजक शिव अधिकारी, फलेवास नगरपालिका प्रवक्ता टिकाराम गौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता, रत्यौली प्रतियोगिता र भजन प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रियस्तरका कलाकार बद्री पंगेनी, सरस्वती लामिछाने लगायतले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित